ग्यासको मूल्य प्रतिसिलिण्डर ५० रुपैयाँ घट्यो
काठमाडौंः नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रति सिलिण्डरमा ५० रुपैयाँ मूल्य घटाएको छ।
निगमले दशैं तिहारलाई लक्षित गर्दै सर्वसाधारणलाई राहत दिने उद्देश्यले बिहीबार रातिदेखि लागु हुने प्रति सिलिण्डरमा ५० रुपैयाँ मूल्य घटाएको हो।
निगमका प्रवक्ता भानु खनालका अनुसार आगामी चाडवाडलाई ध्यान दिँदै आम उपभोक्तालाई राहत दिन सिलिण्डरको मूल्य घटाइएको हो। निगमले अहिले प्रति सिलिण्डर ग्यासको मूल्य एक हजार तीन सय २५ रुपैयाँ कायम गरेको छ।
यसअघि गत साउन १८ गते इन्धनको मूल्य समायोजन गर्दै प्रति सिलिण्डरको मूल्य एक हजार तीन सय ७५ रुपैयाँ कायम गरेको थियो।
प्रतिक्रिया दिनुहोस !