कर्णेल कुमार लामा निर्दोष साबित

कर्णेल कुमार लामा निर्दोष साबित

काठमाडौं: झण्डै चार वर्षदेखि बेलायतमा युद्ध अपराधसम्बन्धी मुद्दा खेप्दै आएका नेपाली सेनाका महासेनानी कुमार लामा निर्दोष सावित भएका छन् ।

बेलायती एक अदालतले सोमबार लामा निर्दोष रहेको फैसला सुनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दश लाख पाउन्ड रकम खर्च हुने गरी उनले हालसम्म कानुनी लडाइँ लडेका थिए ।

त्यहाँको क्राउन प्रोसिक्युसन सर्भिसले लामालाई दोषी ठहर गर्न पर्याप्त आधार नदेखिएको बताउँदै मुद्दा अघि नबढाउने निर्णय लिएको थियो । योसँगै बेलायतको फौजदारी अदालत ओल्ड बेलीमा न्यायाधीश स्विनी नेतृत्वको एक इजलासले लामालाई निर्दोष ठहर गर्दै मुद्दा टुंग्याएको हो ।

दक्षिण सुडानमा राष्ट्रसंघीय शान्ति सेनामा खटिएका लामालाई बिदा मनाउन र परिवार भेट्न सन् २०१३ जनवरी महिनामा बेलायत पुगेका बखत बेलायती प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि तत्कालीन सरकारले लामाको मुद्दा फिर्ता लिइदिन बेलायत सरकारलाई औपचारिक रूपमा चिठी लेखेको थियो ।

पूर्ववर्ती सरकार परराष्ट्रमन्त्री कमल थापाले दुईपटकका बेलायत भ्रमणमा लामाको रिहाइका लागि बेलायत सरकारसमक्ष आग्रह गरेका थिए ।

नेपालमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भइसकेको र त्यसले नै लामाको मुद्दा हेर्ने भन्दै पूर्वमन्त्री थापाले उनलाई नेपाल सुपुर्दगीको व्यवस्था मिलाउन कूटनीतिक रूपमा आग्रह गरेको थिए ।

नेपाली सेनाका महासेनानी लामामाथि ११ वर्ष पहिले कपिलवस्तु गोरुसिंगेमा अवस्थित सैनिक शिविरमा रहेका बन्दीद्वय करम हुसेन र जनक राउतलाई चरम यातना दिई युद्धअपराध गरेको अभियोगमा झण्डै चार वर्षपूर्व बेलायतमा एड्भोकेसी फोरमले मुद्दा दायर गरेको थियो ।

ब्रिटिस क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ अन्र्तगत यातनाविरुद्धको अपराध मुद्दा लगाइएको थियो । तर उनलाई सन् २०१५ मा धरौटीमा रिहाइ गरिए पनि प्रहरीको निगरानीमा राखी बेलायत नछाड्न अदालतले भनेको थियो ।

लामालाई छाड्ने निर्णय भए पनि यसले यातना र अन्य उल्लंघनका अपराधमा बेलायत वा अन्य कहीँ पनि अन्तर्राष्ट्रिय न्यायको बाटो खुला गरेको छ । 'नेपाल सरकारले यो विषयको गहनता बुझेर यातना र मानवअधिकार उल्लंघनमा दण्डहीनता अन्य गर्न प्रक्रिया सुरु गर्नेछ भन्ने आशा लिएको छ । एड्भोकेसी फोरमकी अध्यक्ष मन्दिरा शर्माले लामालाई छाड्ने निर्णय भए पनि यो घटनाले यातना र मानवअधिकार उल्लंघनका अपराधमा बेलायत वा अन्य कहीँ पनि अन्तर्राष्ट्रिय न्यायको बाटो खुला गरेको बताएकी छन् । 'नेपाल सरकारले यो विषयको गहनता बुझेर यातना र मानवअधिकार उल्लंघनमा दण्डहीनता अन्य गर्न प्रक्रिया सुरु गर्नेछ भन्ने आशा लिएको छु', उनले भनेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.