मोरङका रत्नको शव मलेसियामा अलपत्र
सुगाइवुलो (मलेसिया): मलेसियाको सुगाइवुलो अस्पतालमा एक नेपालीको शव अलपत्र परेको छ । मृत्यु भएको एक हप्ता बितिसक्दा पनि मोरङ्ग सिजुवा ८ का रत्न लिम्वुको शव नेपाल पठाउन सकिएको छैन् ।
मलेसियाको सेलेङ्गर राज्य स्थित सुगाइवुलोमा एक सेक्युरेटी कम्पनीमा कार्यरत रहेका लिम्वुको सोहि अस्पतालमा एक हप्ता अघि उपचारका क्रममा मृत्यु भएको थियो ।
मृतक लिम्वु अवौधानीक रुपमा काम गरिरहेको अवस्थामा मृत्यु भएकाले उनको शव नेपाल पठाउन समस्या भएको उनका साथी गजेन्द्र जिमीले जानकारी दिए । मृतक लिम्वु करिव १० वर्षदेखि मलेसियाको रोजगारीमा रहेका थिए ।
शव लाइ नेपाल पठाउन अस्पतालले १५ हजार रिङ्गेट अर्थात तीन लाख ९० हजार नेपाली रुपैयाँ माग गरेको छ ।
अस्पताललाई रकम बुझाउन नसकेकै कारण उनको शव नेपाल पठाउन नसकिएको जिमीले जानकारी दिए ।
घाटीमा पिलो आए पछि नियमीत चेक जाँचमा रहेका लिम्वुको उपचार अभावमै मृत्यु भएको थियो ।
उनको परिवारले छोराको शव नेपाल पठाउने काममा सहयोग गर्न याचना गरेको छ ।