शुद्ध अंगुरबाट बनेको वाइन बजारमा
काठमाडौं: नेपाली उत्पादनमा सतप्रतिशत अंगुरको जुसबाट बनेको शुद्ध वाइन बजारमा आएको छ।
यूनिभर्सल वाइन इन्डष्ट्रिज प्रा.लि.को उत्पादनमा हार्भेष्ट मुन स्वीट रेड/व्हाइट चार लिटर र डिलाइट स्वीट रेड/व्हाइट ७५० मि.लि. वाइन बजारमा आएको हो।
खाद्य तथा पेय पदार्थको उत्पादनमा १५ वर्षको अनुभव प्राप्त विशेष प्राविधिकको प्रत्यक्ष निगरानीमा उत्पादित वाइनमा अल्कोहलको मात्रा ११.५ प्रतिशत छ। दुई करोड रुपैयाँको लगानीमा काभ्रेपलाञ्चोकमा उद्योग स्थापना गरी अत्याधुनिक तथा पूर्णतया स्वचालित मेसिनबाट वाइन उत्पादन हुने यूनिभर्सलका संचालक रविन जोशीले जानकारी दिए।
नेपाली उत्पादनलाई गुणस्तरिय र सर्वसुलभ बनाउन आफूहरुले वाइनलई थप अपग्रेट गर्दै लाने समेत उनले बताए। हाल काठमाण्डौ उपत्यकामा भिगोर इन्टरनेसनल प्रा.लि. ले यसको बिक्री वितरण गर्दै आएको छ।