कोरियामा रेस्टुरेन्ट चलाउने मनोज मृत भेटिए

कोरियामा रेस्टुरेन्ट चलाउने मनोज मृत भेटिए

सोलः दक्षिण कोरियामा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेर बसेका एक नेपाली मृत अवस्थामा फेला परेका छन् । सोल सिंन्छोंनस्थितमा रहेको ‘काठमाडौ रेस्टुरेन्ट’का संचालक मनोज डांगीलाई आफ्नै निवासमा मृत फेला पारिएको थियो ।

मंगलबार अपराह्न चारबजे रेस्टुरेन्ट नजिकै रहेको निवासमा उनलाई मृत अवस्थामा भेटिएको थियो । डांगीका छोराले झुन्डीरहेको अवस्थामा उनलाई देखेको परिवारका सदस्यले बताएका छन ।

मृतक डांगीको शव सोलको होमोनदोङ स्थित दोङ्सिन अस्पतालमा राखिएको छ । सोधपूछका लागि नियन्त्रणमा लिएका उनकी श्रीमती र छोराहरुलाई प्रहरीले राति अबेर छोड़ेको छ । डाँगीको प्रहरी रिपोर्ट बुधबार उपलब्ध हुने सोलस्थित श्रम सहचारी देवराज ढकालले बताए ।

सामाजिक कार्यमा सक्रिय तथा विभिन्न संघसस्थामा आवद्ध भएका डाँगीको मृत्युलाई कोरियामा आशंका सहित हेरिएको छ । परिवारका सदस्यले झुण्डिएर मृत्यु भएको बयान दिएतापनि डाँगीका नजिकका परिचितहरुले आत्महत्यालाई पूर्ण बिश्वाश गर्न सकेका छैनन् ।

पुर्खौली घर संखुवासभा भएका डांगीले ललितपुर ग्वार्खोमा बसाई सारेका थिए । २००९ देखि कोरियामा रेस्टुरेन्ट संचालन गरिरहेका डांगी अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरका अध्यक्ष हुन । डांगीले एनआरएन कोरियाको एक कार्यकाल कोषाध्यक्ष पद सम्हालेका थिए ।

२०१३ मा एनआरएनको अध्यक्षको प्रत्यासी रहेका उनी झिनो मतले पराजित भएका थिए । ४१ वर्षका डाँगीकी श्रीमती, २० वर्ष र १४ वर्षका दुई छोरा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.