हिन्दू राष्ट्र सबैको स्वाभिमानः कट्वाल

हिन्दू राष्ट्र सबैको स्वाभिमानः कट्वाल

काठमाडौँः पूर्वप्रधान सेनापति रुक्माङगद कट्वालले हिन्दू राष्ट्र सबै नेपालीको स्वाभिमान भएको बताएका छन् । उनले हिन्दू राष्ट्रभित्र हिन्दूमात्र नभई क्रिश्चियन, बौद्ध, जैन, इस्लाम, राजावादी, कांग्रेस, एमाले, माओवादी, राप्रपा र भिन्न जाति, भाषी र समुदाय अटाउने बताएका हुन् ।

अन्तर्राष्ट्रिय विश्व शान्ति दिवसका अवसरमा बुधबार राजधानीमा नेपाल मानव धर्म सेवा समितिले सतपालजी महाराजको जन्मोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै कट्वालले भने, ‘हिन्दू राष्ट्रभित्र सबै अटाउन सक्छन् किनकी यो सनातनदेखि चलिआएको धर्म हो । यसको न जन्म न मृत्यु छ । अरु धर्म पछि आएका हुन् । त्यसबेलादेखिको धर्म नेपाल राष्ट्रमा विश्वभरि नै परिचय बनिसकेको अवस्थामा सबै धर्म, जाति, भाषी, पार्टी यसमा अटाउछन् ।’

धर्मका धरोहर भत्काउने र धर्म परिवर्तनको नाममा विविध गतिविधि गर्नेहरुलाई सचेत गराउँदै उनले सबै धर्मावलम्बीलाई हिन्दू धर्मभित्र आआफ्नो आस्था कायम राख्दै आफ्नै बाटोमा हिँडेर हिन्दू राष्ट्रको गौरव बढाउन पनि उनले आग्रह गरे । मानवको संसारभित्र नेपाल र नेपालभित्र हरेक जातजाति, भाषाभाषी र पार्टीका मानिस रहने भएकाले सबैभन्दा पहिले मानवको परिचय स्थापित गर्न सके नेपालीबीच एकता र सद्भाव रहिरहने उनको भनाइ छ ।

कार्यक्रममा कट्वालले गोरखापत्रका पूर्वप्रधानसम्पादक कमल रिजाल, अन्नपूर्ण पोष्टका वरिष्ठ संवाददाता गोपीकृष्ण ढुंगाना, कान्तिपुर एफएमका प्रस्तोता अच्यूत सुवेदी, ओमकार वाणी मासिकका प्रधानसम्पादक अरुण पाण्डे र गौरी धार्मिक मासिकका प्रधानसम्पादक अर्जुन लामिछानेलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

सतपालजी महाराजले मानिसको सेवा नै धर्म भएको व्याख्या गर्दै विश्व एक राष्ट्र र सबै मानिस एक आत्मा भएको बताउँदै शिक्षा, स्वास्थ्य र सरसफाईका क्षेत्रमा नेपालका विभिन्न स्थानमा योगदान पुर्‍याउँदै आएको कार्यक्रममा जानकारी दिइयो । अध्यात्म प्रचारिका महात्मा लता बाईजी र समितिका अध्यक्ष ठाकुरप्रसाद पौडेल र समितिका सञ्चार संयोजक सागर कट्वालले सतपालका विविध आयामबारे जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.