बलात्कारीलाई मृत्युदण्डको माग गर्दै छात्रा आन्दोलित
काठमाडौँः गोरखाकी छात्रा एन्जिला गिरीको बलात्कारपछि हत्या भएको विरोधमा पद्यमकन्या क्याम्पसका छात्रा आन्दोलित भएका छन् ।
बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्दे छात्राहरु आन्दोलनमा उत्रिएका हुन् । एन्जिलाको हत्यामा संलग्न भनिएका अविनाश भारतीलाई मृत्युदण्ड दिनुपर्ने उनीहरुको माग छ ।
अखिल क्रान्तिकारी पद्यमकन्या क्याम्पस इकाइको अगुवाईमा बिहीबार भएको विरोध प्रदर्शन बागजबारमा पुतलीसडक, शंकरदेव हुँदै पुन पद्यमकन्या क्याम्पस पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पद्यमकन्या क्याम्पस अखिल (क्रान्तिकारी)की अध्यक्ष वसन्ता भण्डारीले बलात्कारसँगै हत्या गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गरिन् ।
ऐन्जिला हत्याका अभियुक्त अविनास शंकरदेव क्याम्पको विद्यार्थी हुन् ।