सैलुनबाट मासिक एक लाख कमाइ

सैलुनबाट मासिक एक लाख कमाइ

चितवन: खाडी मुलुक कतारमा दुई वर्षसम्म मेसिन हेल्परका रुपमा काम गर्दा अत्तालिएर स्वदेश फर्किएका एक युवाले यहाँ सैलुन खोलेर मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। भरतपुरको चौबीसकोठीमा मासिक २५ हजार रुपैयाँ भाडा तिर्ने गरी पपुलर जेन्स पार्लर खोलेका पार्वतीपुरका २९ वर्षीय श्रीराम सिग्देल खाडी मुलुकमा भौँतारिनेहरुका लागि उदाहरणीय बनेका छन्। 

चार वर्षअघि स्वदेश फर्किएर छ महिनासम्म सैलुन तालिम लिएर सिग्देलले आफ्नै व्यवसाय सुरु गरेका हुन्।  एक लाख रुपैयाँ खर्चिएर कतार पुगेका सिग्देलले १२ घन्टासम्म चिनियाँ फर्मलाइन कम्पनीमा मेसिन हेल्परका रुपमा खटिँदा मासिक १५ हजार रुपैयाँ मात्रै बच्थ्यो। करिब  चार लाख ५० हजार खर्च गरी उनले सुरु गरेको सैलुनबाट ७० हजारदेखि एक लाख रुपैयाँसम्म मासिक बचत गर्छन्। 

उनलाई श्रीमती सुष्मिताले समेत कपाल काट्न साथ दिँदैआएकी छिन्। उनीहरुले नै तालिम दिएका अन्य दुईजनाले समेत रोजगारी पाएका छन्। खाडी मुलुकमा जे पनि गर्न हुने स्वदेशमा काम गर्न किन नहुने भन्ने मनःस्थितिका साथ पेसामा लागेको सिग्देलको भनाइ छ।

उनले आफ्नै पार्लरमा ४० युवा र १३ युवतीलाई तालिम दिइसकेका छन्। तालिम लिएकाहरु क्यानडा, अस्ट्रेलिया र चीन गएको सिग्देलले बताए। तर खाडी मुलुक नजान उनले सल्लाह दिँदैआएका छन्। निकट भविष्यमा उनी नवलपरासीको कावासोतीमा अर्काे सैलुन खोल्ने तयारीमा छन्।

उच्च माविसम्मको अध्ययन गरेका सिग्देलको सैलुनमा अहिले दैनिक २० देखि ३० जना ग्राहक आउने गर्दछन्। व्यवसाय मिल्ने गरी दौँतरीको खोजीमा रहेका सिग्देलले एक वर्षअघि सिटिइभिटीमा कपाल काट्ने तालिम लिएकी सुष्मितासँग विवाह गरे। यसबाट उनलाई व्यवसायमा सहयोग पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.