नाटकीय ढंगले व्यस्त बजारमा गाडीको सिसा फुटाएर २५ लाख चोरी

नाटकीय ढंगले व्यस्त बजारमा गाडीको सिसा फुटाएर २५ लाख चोरी

विराटनगरः विराटनगरको बी प्लटमा पार्किङ गरिएको को १ त ८०१९ नम्बरको गाडीको सिसा फुटाएर जेब्राको झोलाबाट २५ लाख चोरी भएको छ । तेह्रथुमको बसन्तपुरस्थित माउण्ट मकालु डेभलपमेन्ट बैंकको शाखा कार्यालयका कर्मचारीले गाडीमा राखेको पैसा चोरी भएको हो ।

बैंकको गाडीका चालक वीरबहादुर लिम्बू र सिनियर असिस्टेन सुमन लिम्बू तेह्रथुमबाट दशैंका लागि नयाँ नोट साट्न भनेर विराटनगर स्थित राष्ट्र बैंक आएका थिए ।

विराटनगरको जलजला चौकमा रहेको माछापुच्छ्रे बैंकबाट पैसा निकालेर साट्नका लागि राष्ट्र बैंक जाने तयारी गरिरहेका बेला पैसा चोरी भएको उनीहरुले बताएका छन् ।

‘पैसा निकालेर बी प्लट पुग्दा एक्कासि घाँटी चिलाएर डाबरनै डाबर भयो,’ बैंकका सिनियर असिस्टेन सुमन लिम्बूले भने, ‘झुस बिजेको आशंकामा पैसा हालेको झोला गाडीमा राखेर नजिकै रहेको ट्युबेलमा घाँटी धोएर फर्कदा गाडीको सिसा फुटाएर पैसा चोरी भएको थाहा भयो ।’

वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापाले गाडीबाट पैसा हराएको जानकारी आउन साथ विराटनगरका सबै एरियालाई सिल गरेर घटनाको डिटेल रुपमा अनुसन्धान सुरु गरिएको जनाए ।

‘गाडीको सिसा फुटाएर पैसा चोरी भयो भनिएको छ,’ उनले भने, ‘बाँकी कुरा अनुसन्धानबाट खुल्दै जाने छ ।’ उनका अनुसार पैसा चोरी भएको भनिएको गाडी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रहरी घटनास्थलमा पुग्दा सिसा फुटेको अवस्थामा पैसा राखेको भनिएको गाडी पार्किङ थियो ।

गाडीको सिसा फुटाएर पैसा चोरी गर्नेको कुनै पनि हुलिया नभएको प्रहरीको भनाइ छ । ‘व्यस्त बजारमा पैसा चोरी गरेको देख्ने पनि कोही छैनन्,’ थापाले भने, ‘प्रहरीले वरिपरिका सबैसंग सोधीखोजी पनि गरिरहेको छ ।’

मंगलबार साँझसम्म अनुसार घटनामा संलग्न पक्राउ परेका छैनन् । प्रहरीले पैसा कसरी चोरी भयो भनेर पूर्ण रुपमा खुल्न नसकेका कारण घटनालाई शंकास्पद रुपमा हेरिएको जनाएको छ ।

‘घटना भएको देख्ने कोही पनि नभएका कारण थप जानकारी पाउन कठिन भइहरेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘हामीले सबै कोणबाट अनुसन्धान थालिसकेका छौं ।’ उनले भने, ‘कस्तो मानिसले सिसा फुटाए भन्ने विषयमा खोजी भई रहेको र नजिकैको सीसी टिभी फुटेजबाट हेरेर पत्ता लगाउने तयारी भइरहेको छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.