सिडिओले एलडिओको निवासमा ताला लगाइदिएपछि चर्कियो झगडा

सिडिओले एलडिओको निवासमा ताला लगाइदिएपछि चर्कियो झगडा

वीरगन्ज : बारामा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गाना र स्थानीय विकास अधिकारी नारायण प्रसाद पाण्डे बिच एक महिना देखि द्वन्द्ध बढेको छ।

भदौको दोश्रो साता जिल्ला प्रशासन कार्यालयले जिल्ला विकास समितिमा कर्मचारीहरुको छडके अनुगमन गरेपछि दुवै जनाबीच शुरु भएको द्वन्द्ध सोमबार देखि झनै चर्किएको हो । विवाद बढदै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय विकास अधिकारी पाण्डेका अंग रक्षकका रुपमा खटिएका प्रहरी हवल्दारलाइ फिर्ता बोलाएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको स्थानीय विकास अधिकारीको सरकारी निवासमा पनि ताल्चा लगाइएको छ । विना कुनै जानकारी आफ्नो अंगरक्षक फिर्ता लिएपछि आफू असुरक्षित बनेको स्थानीय विकास अधिकारी पाण्डेले गुनासो गरे ।

केही दिन पहिले बाराबाट सरुवा भएर काठमाण्डौ गएका स्थानीइ विकास अधिकारी पाण्डे थमौती गराएर पुन सोमबार बारा फर्किएका थिए ।सोमबार साँझ कार्यालयमा आउदा जिल्ला प्रशासन कार्यालयले आफनो सरकारी निवासमा ताल्चा लगाएको थाहा पाए पछि स्थानीय विकास अधिकारी पाण्डे जिल्ला विकास समिति परिसरमै रहेको लेखा अधिकृतको निवासमा सोमबार र मङगलवार बास बसेका थिए।

हिजो आउदा मेरो क्वार्टरमा सिडिओ कार्यालयले ताल्चा लगाएको भन्ने थाहा पाएपछि आफनै लेखा अधिकृतको क्वार्टरमा बसेर रात बिताए , मङगलवार अन्नपुर्ण पोष्टसंग उनले भने ।
प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले भने स्थानीय विकास अधिकारी पाण्डे सरुवा भएर काठमाण्डौ गएपछि अंगरक्षक फिर्ता बोलाइएको बताए । उनले भने ,‘ एलडिओ भन्दैमा सुरक्षा गार्ड दिनै पर्छ भन्ने छैन , सुरक्षाको थ्रेट हेरेर दिने या नदिने निर्णय सुरक्षा समितिको बैठकले गर्ने गर्छ ।

जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको स्थानीय विकास अधिकारीको निवास खाली गराउन केहि दिन पहिले जिल्ला विकास समितिलाइ पत्रचार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले ताल्चा नै लगाएको बारेमा भने आफूलाई केहि जानकारी नभएको बताए ।

भदौको दोश्रो साता प्रजिअ ढुंगानाको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले छडेक अनुगमन गरेपछि अपमानित भएको महशुस गरेका स्थानीय विकास अधिकारी पाण्डले जिल्ला प्रशासन कार्यालयमा काजमा कार्यरत आफना कार्यालयका नायब सुब्बा रामानन्द केशरीलाइ जिल्ला विकास समितिमा फिर्ता पठाउन पत्राचार गरेका थिए ।
त्यही निहुलाइ लिएर प्रमुख जिल्ला अधिकारी ढुङगानाले भदौ तेश्रो साता जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको स्थानीय विकास अधिकारीको निवास खाली गर्न जिल्ल विकास समितिलाइ चिठी नै काटेका थिए।

यसैबिच संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले २४ घण्टा भित्र मन्त्रालयमा हाजीर हुन आदेश गरेपछि स्थानीय विकास अधिकारी पाण्डे बुधबार काठमाण्डौ गएका छन्।


मन्त्रालयले जिल्ला प्रशासन कार्याल बारा मार्फत पत्र पठाएपछि पाण्डे बुधबार मन्त्रालयमा हाजीर हुन काठमाण्डौ गएका हुन् । मरो अफिसको फयाक्समा चिठी आएको थियो , त्यो चिठी मैले एलडिओलाइ पठाइदिए , प्रमुख जिल्ला अधिकारी ढुंगानाले भने , उनी मन्त्रालयमा हाजीर हुन गइसके ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.