दौडधुपले स्वास्थ्यमन्त्री गगन अस्वस्थ
काठमाडौं: स्वास्थ्यमन्त्री गगन थापा व्यस्तताका कारण अस्वस्थ भएका छन्। उनको पेट र छातीमा केही समस्या देखिएपछि उपचारका लागि ग्राण्डी अस्पताल पुगेका थिए।
धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थापा चेकजाँच गरेर आवश्यक परामर्श लिएपछि घर फर्किएको अस्पताल स्रोतले जनाएको छ। विभिन्न बैठक तथा कार्यक्रममा सहभागी हुनेक्रममा व्यस्त भएका थापालाई आराम नपुग्नुका साथै खानपानमा ध्यान नपुगेर स्वास्थ्य समस्या आएको चिकित्सकको भनाइ छ।
अहिले थापालाई ग्याष्टिक बढेको र केही दिन घरमै आराम गर्न चिकित्सकहरुले सुझाव दिएका थिए। तर, चिकित्सकहरुले अाराम गर्न सल्लाह दिएपनि मन्त्री थापा बिहीबार मन्त्रिपरिषद बैठक लगायत केही कार्यक्रममा सहभागी भएका थिए।
बुधबार नेपालगञ्जमा भएको समीक्षात्मक गोष्ठिमा सहभागी हुन पुगेका थापालाई त्यहीदेखि पेट दुखिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस !
३