मैनालीको अनसनबारे मानव अधिकार आयोगको चासो

मैनालीको अनसनबारे मानव अधिकार आयोगको चासो

विर्तामोडः राष्ट्रिय मानवअधिकार आयोगको टोलीले विएण्डसी अस्पताललाई शिक्षण अस्तपतालको सम्बन्धन पाउनुपर्ने माग गर्दै आमरण अनसन बसेका चैतन्यप्रकाश मैनालीको स्वास्थ्य अवस्था बुझेको छ। आयोगकी प्रवक्ता मोहना अन्सारी नेतृत्वको टोलीले शुक्रबार विर्तामोडस्थित अस्पताल परिसरमा अनसन बसेका मैनालीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको हो।

विएण्डसी अस्पतालका चिकित्सकसंग आयोगको टोलीले मैनालीको अवस्थाका बारेमा जानकारी मागेको थियो। आमरण अनसन बसेका मैनालीको अवस्थाका बारेमा बुझे लगत्तै टोलीको नेतृत्व गरेकी अन्सारीले मैनालीको मागका बारेमा सरकारको ध्यानाकर्षण गराउने बताएकी थिइन्। अन्सारीले मैनालीको मागका बारेमा जानकारी लिँदै सरकारले उनको माग कानुन बमोजिम तुरुन्त सम्बोधन गर्नुपर्ने बताइन्। उनले वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आमरण अनसनको बाटो त्याग्न आग्रह गरिन्।

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित माग राख्दै बुधबारबाट आमरण अनसनमा बसेका झापाका सामाजिक व्यक्तित्व चैतन्यप्रकाश मैनालीलाई पूर्वसभामुख तथा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्बाङले भेट गरि मैनालीको माग सरकार समक्ष पुर्याउने आश्वासन दिएका छन्। नेम्बाङले मैनालीको माग जायज भएको बताउँदै सम्बोधनका लागि सरकारलाई घच्घच्याउने बताए।

शुक्रबार मैनाली आमरण अनसन बसेको बिर्तामोडस्थित बि एण्ड सि अस्पताल परिसरमा पुगेका नेम्बाङले मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। झापामा गठित स्वास्थ्य, शिक्षा नागरिक सरोकार समाज मेचीका उपाध्यक्ष मैनाली मेची अञ्चलमा सरकारले तोकेको मापदण्ड पुरा गरेको न्यूनतम एउटा मेडिकल कलेजलाई तुरुन्त शिक्षण अस्पतालको सम्बन्धन दिनुपर्ने लगायतका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न माग राखेर तीन दिन अघिबाट आमरण अनसनमा बसेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.