वरिष्ठ फोटोग्राफर लामाको एकल फोटो प्रदर्शनी सुरु
काठमाडौंः वरिष्ठ फोटोग्राफर मणि लामाको एकल फोटो प्रदर्शनी सुरु भएको छ।
प्रदर्शनी नेपाल पर्यटन बोर्डमा शुक्रवारदेखि शुरू भएको हो। पर्यटन बोर्डले प्रत्येक महिनाको अन्तिम साता आयोजना गर्ने ‘ह्यासट्याक फोटो नेपाल’ को यो पाँचौं श्रृखंला हो। ‘ब्यूटीफुल नेपाल’ नाम दिईएको उक्त प्रदर्शनीमा मणिले खिचेका नेपालका विभिन्न ठाउँका सुन्दर ५० फोटोहरू रहेका छन् ।
पुरानो एनलग जमानाको ब्ल्याकन ह्वाइट तस्बिरदेखि रंगीन डिजिटल सम्मका तस्वीरहरू प्रदर्शनीमा रहेका छन्। लामाका नेपालका सुन्दर फोटोहरूको संग्रहका रुपमा सन् १९९६ मा ‘डि हिमालयन किंग डम अफ नेपाल’ नामक तस्बिर किताब प्रकाशन छन्। बौद्धका स्थानीय मणि भूकक्प पछिको बौद्ध मन्दिरको पुनर्निर्माणको तस्बिर कथालाई तस्वीर किताबको तयारीमा लागेका छन्।
प्रदर्शनीमा रहेका मनाङ र मुस्ताङका ल्याण्डस्केप फोटो निकै रमणीय देखिन्छ। अझ विश्वको अग्लो चुचुरो सगरमाथाको फोटोले पनि सबैको मन लोभ्याउँछ। सगरमाथाको फोटो लामाले २३ बर्ष अघि खिचेका थिए।