साउदीमा काम गर्न गएका चम्लागाईंको मृत्यु

साउदीमा काम गर्न गएका चम्लागाईंको मृत्यु

काँकडभिट्टा: साउदी अरबमा रोजगारीका लागि गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ।

इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि वैदेशिक रोजगारीमा साउदीको जेद्दा पुगेका २६ वर्षीय उनी त्यहाँको एउटा पोल्टी फार्ममा कार्यरत थिए।

पोल्टी फार्ममै उनको मृत्यु भएको भनी जेद्दामा कार्यरत नेपाली कामदारले खबर पठाएको र इटहरीस्थित मेनपावर कार्यालयले समेत मृत्युको लिखित जानकारी दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

मृतक तेजप्रसादकी आमा र पत्नी घरमा छन्। उनका बुबाको गत वर्ष निधन भएको थियो।

मृतकको शव नेपाल ल्याउनका लागि चम्लागाईंको परिवारले मेनपावर कम्पनिलाई आग्रह गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.