सीजीका दुई नयाँ फोन सार्वजनिक
काठमाडौः मोवाइल निर्माण कम्पनी सीजीले नेपाली बजारमा नयाँ दुई स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले इओन ब्लेज सिरिजअन्तर्गत इओन ब्लेजसिक्स र इओन ब्लेज प्रो गरी दुई मोडलका फोन बजारमा भित्र्याएको हो ।
बजारमा ल्याएका दुबै स्मार्टफोन आकर्षक डिजाइनका साथै नयाँ प्रविधिलेयुक्त रहेको कम्पनीले जनाएको छ । ६ इन्चको एचडी डिस्प्ले रहेको इओन ब्लेजमा १३ मेगा पिक्सेलको रियर र सेल्फीका लागि ५ मेगा पिक्सेलको क्यामेरा रहेको छ ।
कम्पनीका अनुसार एन्ड्रोइड भर्सनको स्मार्टफोनमा २८ सय एमएएच पावरको ब्याट्री छ । एक जीवी र्याम रहेको यस स्मार्टफोनमा १६ जीवी इन्टरनल स्टोरेज क्षमता छ । नेपाली बजारमा यो स्मार्टफोन ११ हजार एक सय ११ रुपैयाँमा उपलब्ध हुनेछ ।
त्यस्तै इओन ब्लेज प्रोमा ५.५ इन्चको डिस्प्ले रहेको छ । यो स्मार्टफोनमा १३ मेगा पिक्सेलको रियर र ५ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ । २४ सय एमएएच पावरको ब्याट्री रहेको यस स्मार्टफोनमा एक जीवीको र्याम र १६ जीवीको इन्टरनल स्टोरेज क्षमता रहेको छ ।
यो स्मार्टफोन नेपाली बजारमा ९ हजार ६ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ ।