आईएमईको बिजेता घोषित

आईएमईको बिजेता घोषित

काठमाडौः आईएमई लिमिटेडले दसैंतिहार लक्षित योजनाको तेस्रो र चौथो हप्ताका भाग्यशाली बिजेता घोषणा गरेको छ । मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राही आङ्ग नर्बु शेर्पा र सरोज श्रेष्ठ भाग्याशाली घोषित भएका छन् ।

बिजेता दुबैले युएम पावर म्याक्स स्कुटी प्राप्त गरेका छन् । बिजेताले सिफारिस गरेका नेपालमा रहने आफन्तले पुरस्कार प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको उक्त कार्यक्रममा आईएमईका फाईनान्स कन्ट्रोलर दीपक शर्मा र वरिष्ठ प्रबन्धक खिलेन्द्र पौडेलको उपस्थिति रहेको थियो ।

यही आश्विन १ देखि ३०सम्म सञ्चालन भएको “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका एक सय ४७ आईएमई सेन्टरसहित ५ हजार दुई सय भन्दा बढी रेमिटेन्स भुक्तानी काउन्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाबाट सेवाग्राही सहभागी भएका थिए ।

यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि–सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहार पाउन सक्नेछन् । प्रत्येक हप्ता १ जनाले एक थान युएम स्कुटर उपहार स्वरूप प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.