लोकमानको सचिवालयका दश सुरक्षाकर्मी फिर्ता

लोकमानको सचिवालयका दश  सुरक्षाकर्मी फिर्ता

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालयमा कार्यरत दशजना सुरक्षाकर्मीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता पठाएको छ ।

कायममुकायम प्रमुख आयुक्त दीप बस्न्यातको निर्णय अनुरुप उनीहरुलाई पहिले दरबन्दी कायम रहेको प्रहरी मुख्यालयमै काज फिर्ता गरिएको हो ।

अख्तियार स्रोतका अनुसार काज फिर्ता हुनेमा आठजना नेपाल प्रहरी र दुईजना सशस्त्रका छन् । काज फिर्ता हुनेमा नेपाल प्रहरीका प्रहरी निरिक्षक रञ्जन दाहाल, ठगबहादुर केसी, सुरज बस्नेत, जयश्वर रिमाल, रञ्जन बस्नेतलगायत छन् ।

यसैबचि नेपाल प्रहरीका डिआइजी देवेन्द्र सुवेदी अख्तियारमा सरुवा भएका छन् । उनी प्रहरी प्रधान कार्यालयको महानिरिक्षक सचिवाललयमा कार्यरत थिए । उनले विगतमा अपराध महाशाखा, लागुऔषध नियन्त्रण व्यूरो तथा मध्य क्षेत्र प्रमुख रहेर काम गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.