बाबुराम भट्टराई चीन भ्रमणमा

बाबुराम भट्टराई चीन भ्रमणमा

काठमाडौं: नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई चीन भ्रमणमा निस्किने भएका छन्। २१औँ शताब्दीको सामुद्रिक सिल्क रोड प्रदर्शनीमा सहभागी हुन बुधबार राती भट्टराई चीन उड्न लागेका हुन् ।

ग्वाङ्गडोङ्ग प्रान्तका गभर्नर झु जियोदानको निमन्त्रणामा भट्टराई उक्त प्रदर्शनीमा अतिथि वक्ताको रुपमा सहभागी हुन चीन जान लागेका हुन् ।

चीनको गोन्जाओ र ग्वाङ्गडोङ्गमा कार्तिक ११ देखि १४ गतेसम्म प्रदर्शनी हुनेछ । ग्वाङ्गडोङ्ग बैयुन अन्तराष्ट्रिय सम्मेलन केन्द्र गोञ्जाओमा हुने कार्यक्रममा ‘वान रोड वान बेल्टले चीन र विश्वको बीचमा समान विजयको अवसर कसरी ल्याउँछ ?’ भन्ने शीर्षकमा भट्टराईले प्रवचन दिनेछन् ।

भ्रमणकाक्रममा ग्वाङ्गडोङ्ग प्रान्त सरकारका प्रमुख तथा चाइना कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुसँग भेटघाट हुने कार्यक्रम रहेको छ ।

कार्यक्रमको अवधिमा आर्थिक तथा व्यापारिक लगानी, पर्यटन, संस्कृति र भौतिक पूर्वाधारका क्षेत्रमा नेपाल र चीनबीच सहकार्यको वातावरण निर्माण गर्नेबारे चरणबद्ध छलफल हुने कार्यक्रम रहेको छ ।

भट्टराईसँगै उनको पत्नी हिसिला यमी समेत चीन जाँदै छिन् । यमी नयाँ शक्ति पार्टीकी अन्तराष्ट्रिय विभाग प्रमुख हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.