मुद्रा प्रतिबन्ध प्रकरणः मोदीद्वारा सहयोग याचना

मुद्रा प्रतिबन्ध प्रकरणः मोदीद्वारा सहयोग याचना

नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गोवाको पणजीमा एक विशाल सभालाई सम्बोधन गरेका छन् ।

पणजीमा एक आमसभालाई सम्बोधन गर्दै उनले गत नोभेम्बर ८ बाट लागू गरिएको भारतीय रुपैयाँ पाँच सय र एक हजारको मुद्रा नोटलाई बन्द गर्न तत्कालका लागि भारु सय र त्यसभन्दा मुनिको नोटमात्र प्रचलनमा ल्याउने सरकारको घोषणाको पक्षमा बोलेका थिए ।

कसैले सुइँकोसमेत नपाएको अनपेक्षित रूपमा आएको सरकारी उक्त निर्णय र कार्यान्वयनका कारण हाल बजारमा मुद्रा नोटको हाहाकार पर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

यस्तै अवस्थालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यसलाई भ्रष्टाचारी, कर छली गर्ने गिरोह र अवैध मुद्राका कारोवारीहरूबाट देशलाई बचाउन यस्तो कदम अपनाइएको जानकारी दिए । सम्बोधनका क्रममा देशप्रेमले भावुक बनेका प्रधानमन्त्री मोदीले ५० दिन अर्थात् आगामी डिसेम्बर ३० सम्म आफूलाई सहयोग गर्न भारतीय जनतासमक्ष आग्रह गरे ।

आर्थिक सुधारका अरू पनि कैयौँ कदमहरू भएको उनले बताएका छन् । गोवा राज्यका जनताबाट आशीर्वाद लिन आफू आएको र अहिले जनताबाट सहयोग पाएमा आर्थिक रूपमा सम्पन्न नयाँ भारतको निर्माण हुने पनि उनले बताएका छन् ।

सरकारले भारतीय ५ सय रुपैयाँ र एक हजार रुपैयाँलाई प्रतिबन्ध गर्ने घोषणा गरेपछि सर्वसाधारण, व्यापारी उद्योगपतिलगायतले आफूसँग रहेका नोट साट्न बैंकहरूमा भीड लागेपछि केही बैंक वरपरको स्थानमा भद्रगोलको अवस्था सिर्जना भएको छ । नयाँदिल्लीमा पनि नगद साट्न मानिसहरू घण्टौँ लाइनमा बसे । हजारौं मानिसले पालोका लागि अघि बढ्ने क्रममा सामान्य भागाभागको स्थिति बन्यो ।

ठूलो भीड देखिएका ठाउँमा सरकारले प्रहरीको व्यवस्था गर्‍यो । प्रहरीले भीडलाई संयमित रूपमा लाइनमा बसेर आफ्नो नगद साटेर फर्किन दिनभर अनुरोध गर्दैमा व्यस्त बने । केहीले सरकारको अदूरदर्शिताका कारण आफ्नो पैसा लिनसमेत घण्टौं लाइनमा बस्नुपरेको भन्दै दुखेसो पोखे ।

सरकारले यति ठूलो कदम योजनाबिनै लिँदा लाखौँ जनता दुःखमा परेको युवा राजु सुन्दरमले बताए । नगद साट्न दिल्लीको एक बैंकबाहिर तीन दिनदेखि लामो लाइनमा बसेर आफू थकित भएको उनको भनाइ छ । उनले तीन दिनसम्म आफ्नो पालो आउनुपूर्व नै बैंकमा नयाँ नोट सकिएको सूचना गर्दै सकिएको बताए ।

सरकारको कदमले जनमानसमा असुविधा भएको भन्दै सरकारले यसलाई सहज बनाउनेबारे सोचेको छैन भन्ने प्रश्नमा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पक्कै पनि यस कदमबाट सर्वसाधारणमा समस्या भएको भए पनि यो कदम बाध्यात्मक भएको बताएका थिए । नयाँ नोट सहज उपलब्ध गराउन दुई वा तीन साताको समय लाग्न सक्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.