नरेन्द्र मोदीकी ९७ वर्षीया आमा ‘नोट’ साट्न डेढ घण्टा लाइनमा..

नरेन्द्र मोदीकी ९७ वर्षीया आमा ‘नोट’ साट्न डेढ घण्टा लाइनमा..

एजेन्सीः जब भारतमा भारु पाँच सय र हजारका नोटमा प्रतिबन्ध लग्यो तब सार्वसाधारण र व्यापारिमा हाहाकार मच्चियो ।

भारतमा भारु प्रतिबन्ध भएपछि भारु नोट प्रतिबन्धको सिकार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी ९७ बर्षीया आमा हीरावेन मोदी समेत भएकी छिन् ।
जब मोदीले अघिल्लो मंगलबारको राति भारु पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाए तब उनकी आमाले समेत दुःख पाएकी हुन् ।

भारतको गुजरात राज्यमा बस्दै आएकी मोदीकी आमा समेत त्यहाँको एक बैंकमा आफूले राखेका पाँच सय र हजारका नोट साट्न पुगेकी हुन् ।

मोदीकी आमाले साट्नका निम्ति ४५ सय भारु बोकेकी थिइन् । उनले ४५ सय भारु साट्नका निम्ति डेढ घण्टा लाइन लाग्नु परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । वृद्ध शरीर दुःखका साथ नोट साटेको प्रतिक्रिया उनले भारतीय सञ्चार माध्यममा दिएकी छिन् ।

नोट साट्न मोदीकी आमा पुगेपछि बैंकका कर्मचारीले साहारा दिएर उनलाई सहयोग गरेका थिए । बैंकका कर्मचारीकै मद्दतमा नोट साटेर मोदीकी आमाले ल्याप्चे लगाएकी थिइन् ।

पूरै भारतमा नोट साट्नेको भिड लागेकै समयमा मोदीकी आमा नोट साट्न गुजारातको गान्धिनगरस्थित ओरियन्टल बैंक अफ कमर्समा पैसा साट्न पुगेकी हुन् । पैसा साट्न बैंकमा पुग्नु पर्दा कष्ट भएको उनले बताएकी छिन् ।

मोदीले पाँच सय र हजारका भारतीय नोटमा प्रतिबन्ध लगाएर मोदीकी आमालाई जस्तै सम्पूर्ण भारतीय नागरिकलाई दुःख दिएको भन्दै चौतर्फी आलोचना भइराखेको छ ।

भारतको राजधानी नयाँदिल्लीका मुख्य मन्त्री अरबिन्द केजरिवालले समेत मोदीले नोटमाथि प्रतिबन्ध लगाएर भारतीय नागरिकलाई मात्र नभएर आफ्नी आमालाई समेत दुःख दिएको भन्दै आलोचना गरेका छन् ।

मोदीले भारु पाँच सय र हजारमा प्रतिबन्ध लगाएपछि सबै भारतीय सर्वसाधारणदेखि व्यापारीसम्मको काम भारु साट्ने भएको छ ।

भारतीय पाँच सय र हजार नोटमा लागेको प्रतिबन्धले नेपालका सर्वसाधारण र व्यापारी समेत आफ्नो पैसा कागजमा परिणत हुने हो कि भन्ने त्रासमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा रहेका भारु नोट साट्ने उचित व्यवस्था गर्न भारतीय समकक्षी मोदीलाई आग्रह गरे पनि भारतले नेपालमा रहेका भारु रुपैयाँबारे ठोस प्रस्ताव अझैसम्म अघि सारेको छैन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.