कारबम आक्रमणमा २५ को मृत्यु

कारबम आक्रमणमा २५ को मृत्यु

बेरुतः सिरियाको उत्तरी प्रान्त अलेप्पोमा बिहीबार सिरियाली विद्रोहीलाई लक्ष्य गरी गरिएको एक कारबम आक्रमणमा २५ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी सिरियाली विद्रोही लडाकु र सर्वसाधारण गरी २५ व्यक्तिको मृत्यु भएको विद्रोही समूहले जानकारी दिएको छ । उक्त आक्रमणमा पाँचजना बालबालिका पनि मारिएका छन् ।

विद्रोहीसँग आबद्ध नुरेद्दिने अल जिन्की समूहका वरिष्ठ अधिकारी यासिर युसेफले आजाज सहरमा भएको यो आक्रमण इस्लामिक स्टेट (आइएस)ले गर्ने गरेको प्रकृति भएको हुनाले यो आक्रमणमा पनि उसैले समूहले गराएको हुनुपर्ने जनाएका छन् । आफ्ना लडाकु र सर्वसाधारण गरी २५ व्यक्तिको मृत्यु भएको युसेफले पुष्टि गरेका छन् ।

बेलायतसँग आबद्ध मानव अधिकारवादी समूह ‘द सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स'का अनुसार नुरेद्दिने अल जिन्की समूहको हतियार भण्डारण गोदामलाई लक्षित यो आक्रमणमा १० लडाकु मारिनुको साथै दर्जनाँै घाइते भएका छन् ।

सिरियामा सन् २०११ को मार्चबाट सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन केही समयपछि गृहयुद्धमा परिवर्तन भयो । यो गृहयुद्धमा पनि अलकायदाआबद्ध आतंककारी समूहलगायत इस्लामिक स्टेटको प्रभाव बढ्दै गयो ।

यस द्वन्द्वमा परी सन् २०११ देखि हालसमम २ लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँ आफ्ना घरबार छोडी देशभित्र वा छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य छन् ।

सरकारी सेनाले विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी अलप्पोस्थित एक अस्पताल, ब्लड बैंक र एम्बुलेन्समा आक्रमण गरेको बेलायत सम्बद्ध अधिकारवादी संस्थाले जनाएको छ । बायान शिशु अस्पतालका निर्देशक डा. हातिमले आफू अस्पतालभित्रै लुकेर बचेका बताएका छन् । उनले टेलिफोनमार्फत भने, ‘हाम्रामाथि विमान उडिरहेका छन् । हामी बाहिर निस्कन सक्दैनौं ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.