पुरानै संरचनामा स्थानीय चुनाव गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

पुरानै संरचनामा स्थानीय चुनाव गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

धनगढीः प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कैलालीको गेटामा बिहीबार आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्वाचन नयाँ संरचनामा सहमति नभए पुरानै संरचनाका आधारमा हुने बताए ।

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म नयाँ बन्ने संरचनाअनुसार चुनाव गर्ने तयारी भइराखेको प्रष्ट पारे ।

‘नयाँ बन्ने संरचना अनुसार चुनाव गर्नुपर्छ । यो सवालमा सहमति हुन नसकेमा पुरानै संरचनाको स्थानीय निकायको चुनाव गर्न पनि तयार हुनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नहुने दोहोर्याएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.