दक्षिण कोरियामा एक नेपाली युवकको मृत्यु

दक्षिण कोरियामा एक नेपाली युवकको मृत्यु

सोलः दक्षिण कोरियामा एक नेपाली युवकको मृत्यु भएको छ। ह्वासंग सीस्थित फारनमा कार्यरत झापा शान्तिनगर–२ का २३ वर्षीय नविन राईको मृत्यु भएको हो।

फ्लेक्स बोर्ड निर्माण गर्ने कम्पनीमा राई कार्यरत थिए। निर्मित बोर्ड डेलिभर गर्ने क्रममा दुर्घटनामा परी राईको शुक्रबार अपरान्ह मृत्यु भएको हो। उत्पादित बोर्ड डेलिभर गर्ने क्रममा पाइपले थिचिएर मृत्यु भएको दूतावासलाई प्रहरीमार्फत पठाइएको रिपोर्टमा उल्लेख छ।

तर, राईका नेपाली सहकर्मी टिकाराम थापाका अनुसार लोड गरिएको गाडीलाई ब्याक गर्न निर्देशन दिने क्रममा पछाडि ठोक्किएर ढलेका उनलाई अकस्मात अर्को गाडीले किचेर मृत्यु भएको जानकारी दिए।

दुर्घटनाले अचेत बनेका राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। विगत तीन वर्षदेखि राई कोरियामा थिए। दूतावासलाई मृतकको प्रहरी रिपोर्ट प्राप्त भएको श्रम सहचारी देवराज ढकालले जानकारी दिए। परिवारको निवेदन पश्चात शव नेपाल पठाइने ढकालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.