सुशान्तलाई उपचार गर्न कोरियाबाट ३ लाख सहयोग

सुशान्तलाई उपचार गर्न कोरियाबाट ३ लाख सहयोग

काठमाडौंः शरीर सुनिने रोगले ग्रसित इलाम नगरपालिका पाँच गोलखर्कका सुशान्त तामाङको उपचारका लागि दक्षिण कोरियामा संकलन गरिएको रकम शुक्रबार बिरामीलाई हस्तान्तरण गरिएको छ ।

इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियाको अगुवाईमा संकलन भएको रकम एक कार्यक्रमका बीच सुशान्तकी आमा याममाया तामाङलाई हस्तान्तरण गरिएको हो ।

सुशान्तकी आमाले छोराको उपचार गर्न नसककेको गुनासो गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो हेरेर दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले रकम संकलन गरी पठाएको इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियाका अध्यक्ष हरिप्रसाद खनालले जानकारी दिए ।

कक्षा तीनमा अध्ययनरत १० वर्षका सुशान्त एक वर्ष अघिदेखि सामान्य खुट्टा दुख्ने विरामबाट ग्रसित थिए । अहिलेसम्म उनको रोगको पहिचान हुन सकेको छैन् । इलाम, झापामा उपचार गरी रोगको पहिचान नभएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गर्न लगेपछि खर्च धेरै लाग्नेभएपछि त्रिवि शिक्षण अस्पतालमा ल्याएको आमा याममायाले बताइन् ।

अहिले सुशान्तको स्वास्थ्य केही सुधार भएको छ । कोरियासहित विभिन्न स्थानमा रहेका नेपालीहरुले आर्थिक सहयोग गर्दै आएको याममायाले बताएकी छन् ।

सूर्योदय सेवा समाज दक्षिण कोरियाले नेपालमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष खनालले बताए । भूकम्पपीडित सिन्धुपाल्चोकका स्थानीय, ताप्लेजुङका अग्नी पीडित तथा कोरियामै बिरामी भएका नेपालीहरुलाई समाजले आर्थिक सहयोग गर्दै आएको छ ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.