पाेखरीमा डुबेर सिड्नीमा एक नेपाली विद्यार्थीकाे मृत्यु
सिड्नीः अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।
सिड्नीको रोयल नेशनल पार्कको वाटामोलामा साथीहरुसँग क्रिसमसमा रमाइलो गर्न गएका कीर्तिपुर– १२ भत्केपाटीका २९ वर्षीय सुजन अधिकारीको पोखरीमा पौडी खेल्ने डुबेर मृत्यु भएको हो। अधिकारीको पोखरीमा पाैडी खेल्ने क्रममा डुबेर आइतबार मृत्यु भएको हो।
वाटामोला पार्क सिड्नीबाट करिब ४० किलो मिटरको दूरीमा पर्दछ। अधिकारीले करिब २५ फिटमाथिबाट पोखरीमा डाइभ हानेका थिए। सन् २००९ मा अस्ट्रेलिया आएका अधिकारी भिक्टोरिया युनिभर्सिटीबाट बैंकिङमा अध्ययन पूरा गरेका थिए।
अधिकारीको शब नेपाल पठाउन पहल सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस !