‘भारतको अनावश्यक हस्तक्षेप किन ?'

‘भारतको अनावश्यक हस्तक्षेप किन ?'

नयाँदिल्लीः नेपाल र भारतबीचको सम्बन्ध सुधारका लागि युवा पुस्ताको भूमिकाबारे दुवै देशका विधार्थी नेताले छलफल गरेका छन् । नयाँदिल्लीस्थित दूतावासमा आयोजित एक कार्यक्रममा दुवै मुलुकका विभिन्न दलका विद्यार्थी नेताबीच छलफल भएको थियो ।

कार्यक्रममा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष नवीना लामाले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने भारतको रबैयाप्रति युवा पुस्ताले चासो राखेको बताइन् ।

संविधान निर्माण र संशोधन नेपालको आन्तरिक विषय भएकाले त्यसमा भारतको चासोलाई युवा पुस्ताले हस्तक्षेपका रूपमा बुझेको उनले प्रस्ट पारिन् । भारतको ठूल्दाइ प्रवृत्तिप्रति युवालाई नपच्ने भन्दै उनले नेपाललाई हेर्ने भारतको दृष्टिकोणमा परिवर्तनको खाँचो औंल्याइन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले नेपाल र भारतबीचको सम्बन्धमा दिगोपन आउन नसकेको उल्लेख गर्र्दै अबका दिनमा युवा नेतृत्वले भूमिका खेल्नुपर्ने बताए । नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास नहुँदा त्यसको प्रतिकूल असर भारत र चीन दुवैलाई पर्ने भएकाले त्यसतर्फ सहभागी नेताहरूको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा नयाँ शक्ति पार्टीकी युवा नेत्री मानुषी भट्टराईले नेपाल भारतबीचको सम्बन्ध विस्तारमा इकोनोमिक डिप्लोमेसीको खाँचो औंल्याइन् । उदीयमान शक्ति तथा दक्षिण एसियाको नेतृत्वदायी भूमिकामा रहेको भारतले नेपालसँगको दीर्घकालीन सम्बन्धका लागि शैक्षिक, सांस्कृतिक विषयतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

भारतीय विपक्षी दल कांग्रेस आईका युवा नेता नदिम जावेदले नेपाललाई सहयोग गर्नेमा सबैभन्दा अगाडि भारत नै सर्ने गरेको बताउँदै भारतका शैक्षिक संस्थामा नेपाली विद्यार्थीको भर्ना बढाउनुपर्नेमा जोड दिए ।

कांग्रेसनिकट भारतीय राष्ट्रिय विद्यार्थी युनियनकी अध्यक्ष अमृता धवनले भारत र नेपालको सम्बन्धबारे नेतृत्वले आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताइन् । भारतीय जनता पार्टीनिकट युवा नेता रोहित चाहालले नेपाल-भारत सम्बन्धमा ‘ग्याप' आएको स्वीकार्दै त्यसलाई कम गर्न युवा नेताले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताए ।

अखिल भारतीय विद्यार्थी परिषद्को राष्ट्रिय अधिवेशनमा भाग लिन नेपालबाट आमन्त्रित युवा-विद्यार्थी तथा भारतीय विद्यार्थी नेताबीचको छलफलमा अनेरास्ववियु क्रान्तिकारीका अनिल शर्मा, राप्रपा विद्यार्थी संघका श्याम यादव, तमलोपा विद्यार्थी मञ्चका मनीष मिश्रलगायत सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.