नेपाल डेरी एसोसिएसनको साधारणसभा

नेपाल डेरी एसोसिएसनको साधारणसभा

काठमाडौः नेपाल डेरी एसोसिएसनको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाशप्रसाद ढुंगेलको प्रमुख आतिथ्य तथा नेपाल डेरी एसोसिएसनका राष्ट्रिय अध्यक्ष सुमीत केडियाको सभापतित्वमा सभा सम्पन्न भएको हो ।

सभामा नेपाल डेरी एसोसिएसनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटाले केन्द्रका तर्फबाट दुग्ध क्षेत्रको वर्तमान अवस्था, समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा डेरीमा लामो समय संलग्न भई उल्लेख्य योगदान पुर्‍याएबापत डेरी विज्ञ टेकबहादुर थापालाई दीर्घ सेवा सम्मान गरिनुका साथै रितिका डेरी झापाका सञ्चालक राजन चिमरिया, कोल्बुंग दुग्ध उत्पादकका माधव निरौला, कृषिथोक डेरीका सञ्चालक खेमप्रसाद अधिकारी, लिला डेरीका सञ्चालक लिलाधर शर्मा पन्थी, एचडी मिल्क एन्ड इन्डष्ट्रिजका उदय पण्डित, शिवकली डेरीका सञ्चालक विजय चौरसिया, काभ्रे पलाञ्चोक डेरीका सञ्चालक महेन्द्र काफ्लेका साथै नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशकको संयोजनमा सहभागीबीच समूह गठन गरेर यस क्षेत्रको समस्या पहिचान गरी निराकरणका लागि पृष्ठपोषण तयार गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.