सुविसु क्यान इन्फोटेक आयोजाना हुँदै

सुविसु क्यान इन्फोटेक आयोजाना हुँदै

काठमाडौः क्यान महासंघको आयोजनामा ‘सुविसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ' आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीको छाता संगठनका रूपमा रहेको क्यानले यही माघ १३ गतेदेखि १८ गतेसम्म मेलाको आयोजना गर्ने भएको हो । मेला काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ ।

महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनका लागि सेमिनार, कार्यशाला, गोष्ठी, अन्तरक्रियामार्फत आम जनमानसमा चेतना अभिवृद्धि, विकास एवं विस्तार तथा यस क्षेत्रका विषयगत समस्या समाधानका लागि काम गर्दै आएको छ ।

६ दिनसम्म सञ्चालन हुने यस मेलामा विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिका बारेमा जानकारी प्रदान गरिने आयोजकले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलाले नेपाली सूचना प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको क्यान महासंघका अध्यक्ष विनोद ढकालले बताए ।

उनका अनुसार मेलाले व्यवसायीलाई व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शन गर्ने मौकासमेत प्रदान गर्नेछ । साथै अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ-नयाँ प्रविधि तथा उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष, ट्रसमा एक सय ४४, ओपन स्पेस १४ र फुड स्टल १० गरी जम्मा दुइ सय २२ स्टल रहने प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन जस्ता स्टल हुनेछन् ।

साथै मेलामा आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्सलगायत विभिन्न कम्पनीको सहभागिता हुनेछ । चार लाखभन्दा बढीले अवलोकन गर्न अपेक्षा गरिएको मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।

यसपटक अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने बनाएको छ भने माघ १६ गतेलाई बिजनेस डे का रूपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताका लागि सय रुपैयाँ तोकिएको छ । उक्त दिन विशेष गरी बिजनेस हाउसहरूले आफ्नो व्यापार प्रवद्र्धन गर्न विभिन्न डिलर र भेन्डरसँग प्रत्यक्ष रूपमा बिजनेस डिल गर्न सक्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.