दक्षिण कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

सोल: दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ। रोजगारीको शिलशिलामा चार वर्ष अघि कोरिया आएका स्याङ्जा पुलतीबजार नगरपालिका राङ्खोलाका होमबहादुर गुरुङको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको हो।

छंग्जुस्थित बुक्दो ओछानमा कार्यरत गुरुङको बिहीबार अपरान्ह मृत्यु भएको हो। प्लास्टिक रिसाइकल कम्पनीमा मेसिनमा बेरिएर ३९ वर्षीय गुरुङको मृत्यु भएको हो। मृतकको शव स्थानीय संग्मो अस्पतालमा राखिएको छ। मृतक गुरुङका परिवारमा श्रीमती, एक छोरा र छोरी छन्।

सोलस्थित नेपाली दूतावासका श्रम सहचारी देवराज ढकालले परराष्ट्र र परिवारलाई जानकारी गराएको बताए। पछिल्लो चार महिनामा औद्योगिक दुर्घटनामा परी दक्षिण कोरियामा चार नेपालीको मृत्यु भएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.