मिस्टर नारायणी श्रीको उपाधि मनिसलाई
वीरगन्ज : वीरगन्जमा शनिबार आयोजित मिस्टर नारायणी श्री खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मनिस मान लामाले जितेका छन् ।
वीरगंजको नेशनल मेडिकल कलेजको सभाकक्षमा फिटनेश स्टुडियो नेपालले आयोजना गरेको प्रतियोगितामा २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै लामाले उपाधि हात पारेका हुन् ।
उपाधीसँगै लामाले एक लाख रुपैयाँ नगद पुरस्कार पनि जितेका छन् । यस्तै प्रतियोगितामा आलोक मिश्रा दोश्रो, सुरेश राजवंशी तेश्रो र अजयकुमार चौथो भएका छन् । दोश्रो हुने मिश्रालाई ५० हजार, तेश्रो भएका राजवंशीलाइ ३० हजार र चौथो भएका अजयलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगिताका विजेतालाई मलेसिया र सिंगापुरमा पाँच दिनका लागि भ्रमणको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा नारायणी अञ्चलमा पर्ने पर्सा, बारा, रौतहट, मकवानपुर र चितवनका गरी २२ जनाले भाग लिएका थिए । उनीहरुले ५५, ६०, ६५ र ७० केजी समूहमा प्रतिस्पर्धा गरेका थिए ।
तियोगिताको उद्घाटन नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध÷निर्देशक बसरुदिन अंसारी र नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्यायले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा नेपालका चर्चित नेपाली तथा भोजपुरी गायकद्वारा मनोरञ्जनात्मक प्रस्तुति, जुम्वा डान्सलगायत प्रस्तुत गरिएको थियो।