निर्वाचन र सुरक्षामा भारतीय चासो

निर्वाचन र सुरक्षामा भारतीय चासो

काठमाडौं : भारतले स्थानीय तहको निर्वाचन र दुई पक्षीय सुरक्षाका विषयमा चासो व्यक्त गरेको छ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिसँगको भेटमा भारतीय राजदूत मञ्जीव सिंह पुरीले यस्तो चासो व्यक्त गरेका हुन्।

‘आतंकवादको गम्भीर चुनौतीको सामनाका लागि दुई देशका बीचमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ,’ भेटपछि भारतीय दूतावासले भनेको छ।

नवनियुक्त राजदूत पुरी गृहमन्त्री निधिलाई भेट्न मंगलबार दिउँसो सिंहदबार पुगेका थिए । निधि र पुरीबीच दुई देशको सम्बन्ध र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको छ । पुरीले निधिसँगको भेटमा वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निर्वाचनको तयारीका विषयमा समेत जिज्ञासा राखेका थिए ।

भेटमा गृहमन्त्री निधिले नेपालमा हुन गइरहेको निर्वाचनमा आवश्यक पर्ने चुनावी सामग्रीको सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराएका छन् । जवााफमा राजदूत पुरीले नेपालको संविधानसभा निर्वाचनका बेला पनि भारत सरकारले चुनावका लागि आवश्यक सामग्री सहयोग गरेको स्मरण गराउँदै आगामी निर्वाचनमा पनि सहयोग गर्ने बताएका छन्।
भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । राजदूत पुरीले नेपाल–भारतबीचको सदियौं पुरानो घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्।

शनिबार मात्र भारतीय राजदूतको रुपमा नेपाल आएका पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

त्यसपछि पुरी उच्च राजनीतिक भेटवार्तामा सक्रिय छन् । पुरीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापासँग समेत भेटवार्ता गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.