नर्वेली आरोही पहिलो पटक अन्नपूर्ण चुचुरो चुम्दै
काठमाडौँ : नर्वेका आरोही ‘हकोन एसभाङ’ले अन्नपुर्ण प्रथम (८०९१ मीटर) हिमाल आरोहण गर्ने भएका छन् । विश्वको दशौ अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने उनी पहिलो नर्वेका नागरिक हुन् ।
बिना अक्सिजन सगरमाथामा र मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरिसकेका उनी ‘टपहिमालय गाइड्स प्रालि’ को सहयोगमा बुधबार काठमाडौँबाट आधारशिविरतर्फ लागेका छन् । विना अक्सिजन अल्पाइन क्लाइवीङ विधिबाट आरोहण गर्ने हकोनलाई अन्तराष्ट्रिय पर्वतीय गाइड एवं इष्टक्टर छिरिङ पाण्डे भोटेले सहयोग गर्ने एजेन्सीले जनाएको छ ।
हिमाल रहेका २३ देशका र अन्य देशका आरोहीहरुले हिमाल आरोहण गर्दै आएपनि अन्नपूर्ण प्रथममा भने नर्वेको पहिलो नागरिक भएको पर्यटन विभागको तथ्याङकमा उल्लेख छ । भूकम्प र हिमपहिरोले हिमाल आरोहण ठप्प भएको थियो । यस बर्षदेखि आरोहीको संख्या बढेको विभागले जनायो । विश्वमा नकरात्मक सन्देश फैलिएकाले नेपाल सुरक्षित अरोहणको गन्तव्य भएकाले सबैले प्रचारप्रसारमा सहयोग गरी पर्वतीय पर्यटकको संख्या बढाउनु पर्ने विभागका निमिक्त महानिर्देशक दुर्गादक्त ढकालले बताए ।