अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन: पहिराे खसेपछि अवरुद्ध भएकाे नारायणगढ-मुग्लिन सडक खण्डको तीन घन्टापछि सञ्चालनमा अाएकाे छ। चितवनकाे चार किलो भन्ने ठाउँमा शुक्रबार बिहानदेखि सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध भएकाे थियाे।

पहिरो पन्छयाउने काम सकिएपछि सडक सञ्चालनमा आएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयाे।

उहाँका अनुसार, पहिरो बढी खसेपछि बिहान सवा ९ बजेबाट सडक अवरुद्ध भएको थियोे । सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएको ठाउँमा तीन दिनयता सुख्खा पहिरो खसिरहेको थियो । करिब ३५ मिटरमाथिबाट पहिरो खसेको थियो ।

पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ कालीखोला र पाँच किलोको बीचमा पर्दछ । शुक्रबार नयाँ वर्षको पहिलो दिन भएकाले दैनिक रुपमा दिउँसो गरिँदै आएको आवागमन बन्द नगरिएको खनालले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.