बेल्जियमका न्यायमन्त्रीलाई लुम्बिनीको तस्विर उपहार

बेल्जियमका न्यायमन्त्रीलाई लुम्बिनीको तस्विर उपहार

बेल्जियम : लुम्बिनी कपिलवस्तु बिश्व अभियानले बेल्जियमका न्यायमन्त्री कोएन गेएन्सलाई बिश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको तस्वीर उपहार स्वरुप प्रदान गरेको छ ।

अभियानका यूरोप सल्लाहकार तथा बेज्जियम अध्यक्ष दामोदरप्रसाद आचार्यले सो तस्वीर हस्तान्तरण गर्नु भएको हो । तस्वीर हस्तान्तरण गर्ने क्रममा आचार्यले बिश्व शान्तिको केन्द्र लुम्बिनीका बारेमा मन्त्री गेएन्सर्ला जानकारी गराउनु भएको थियो । बेल्जियमको संघीय संसदकी साँसद इल्स वन हुफको सहजीकरणमा अध्यक्ष आचार्यले तस्वीर हस्तान्तरण गर्नु भएको हो ।

गत २७ नोभेम्बर २०१६ मा यूरोपको राजधानी ब्रुसेल्समा भएको अन्तराष्ट्रिय सम्मेलनको निर्णय अनुसार तस्वीर हस्तान्तरण गरिएको आचार्यले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.