कन्फिडेरेशन कप फाइनलमा जर्मनी–चिली भिडन्त

कन्फिडेरेशन कप फाइनलमा जर्मनी–चिली भिडन्त

काठमाडौं : विश्वविजेता जर्मनी रुसमा जारी फिफा कन्फिडेरेशन कपको फाइनलमा पुगेको छ । बिहीबार राति भएको सेमिफाइन खेलमा मेक्सिकोसँग ४-१ गोल अन्तरको फराकिलो जित निकाल्दै जर्मनी फाइनलमा पुग्न सफल भएको हो ।

खेलमा जर्मनी पुरै हावी भएको थियो । खेलको सुरुवातमै जर्मनका तर्फबाट छ्रैटौं र आठौं मिनेटमा लियोन गोरेत्काले गोल गरी जर्मनलाई २-० ले अग्रता दिलाए । पहिलो हाफमा २-० ले अग्रता बनाएको जर्मनका लागि ५९ औं मिनेटमा वेर्नरले गोल गरी अग्रता तेब्बर पारे।

Timo Werner finished off a flowing German move with a tap in just before the hour to make it three as Germany sailed through

मेसिक्काका तर्फबाट ८९ औं मिनेटमा फेबियनले एक सान्त्वना गोल फर्काए । त्यसको दुई मिनेट नवित्दै इन्जुरी समयमा जर्मनका युनेसले गोल गरेपछि जर्मन ४-१ को सानदार जित निकाल्न सफल भयो । जर्मनले अब फाइनलमा चिलीको सामना गर्नेछ । बुधबार रातिको खेलमा पोर्चुगललाई ट्राइब्रेकरमा ३-० ले हराउँदै चिली फाइनलमा पुगेको हो । अब २ यी दुई बीचको फाइनल खेल पिटरस्वर्ग रंगशालामा २ जुलाईमा हुनेछ भने फाइनल खेल भन्दाअघि २ जुलाइमै तेस्रो स्थानका लागि पोर्चुगल र मेक्सिको बीचको खेल स्पार्टस्क रंगशाला, मस्कोमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.