दार्जीलिङ भाषा आन्दोलन : गोर्खाल्याण्डमा अनिश्चितकालीन बन्द

दार्जीलिङ भाषा आन्दोलन : गोर्खाल्याण्डमा अनिश्चितकालीन बन्द

दार्जिलिङ :  बंगाल प्रहरीले बिहीबार बिहन गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरीटोरीयल एडमिनिस्टेटीव (जिटिए) प्रमुख बिमल गुरुङ्गको दाजिलिङ स्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा दिउँसोदेखि दार्जीलिङसहित पुरै गोर्खाल्याण्ड अनिश्चित कालिन बन्द सुरु भएको छ ।

बंगाल भाषाको वाध्यताकारी अध्ययनको व्यवस्था गरेपछि नेपाली भाषी भारतीयहरुको सघन बसोबास भएको दार्जीलिङसहितको गोर्खाल्याण्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन प्रहरी र सेना परिचालन गरेको पाँचौ दिन बिहान सात बजे बंगाल प्रहरीले मोर्चाको कार्यालय र मोर्चा अध्यक्ष गुरुङको घरमा छापा मार्ने नाममा तोडफोड गरेपछि बन्दको आव्हान गरेको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार बिहान साढे सात बजे गुरुङको घरमा पुगेको बंगाल प्रहरीको डफ्फाले घर र कार्यालयमा छापा मारेको थियो । गुरुङलाई गिरफ्तार गर्ने योजना सहित गएको प्रहरीले उहाँलाई नभेटेपछि तोडफोड गरेको शर्माले बताउनुभयो । घटनापछि अध्यक्ष गुरुङले गोर्खाल्याण्डको एक मात्र एजेण्डा सहित आफु अविचलित भई अघि बढ्ने बताएको शर्माले जानकारी दिनुभयो । घटना पछि दार्जीलिङका दिनभर सडकमा सवारी चलेनन् भने विद्यालय, कलकारखाना, सरकारी कार्यालय समेत ठप्प भएको शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङले गोर्खाल्याण्डका लागि एक भएर अघि बढ्न सबै दलहरुलाई आव्हान गर्नुभएको छ । प्रहरीले दार्जीलिङमा सात जना र कालेबुङमा तीन जनालाई पक्राउ गरेको शर्माले जानकारी दिनुभयो । उहाँले सो घटनालाई बंगाल सरकारको ज्यादती भएको टिप्पणी गर्नुभयो । अहिले नेपाली भाषी भारतीयहरु संकटमा रहेको भन्दै सहयोग गर्न सबैलाई आव्हान गर्नुभयो ।

यस अघि गोरखा जनमुक्ति मोर्चाले मंगलबार आव्हान गरेको सर्वदलीय सहभागी दलका नेताहरुले बैठक गोरखाल्याण्ड राज्यप्रतिको निम्ति सबै एकजुट भइ लड्ने निर्णय गरेका थिए । बैठकमा गोरखा जनमुक्ति मोर्चा, गोरखा राष्ट्रिय मुक्तिमोर्चा, गोरखाल्याण्ड राज्यनिर्माण मोर्चा, क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी, भारतीय जनता पार्टी र अराजनैतिक संगठन भारतीय गोरखा परिसंघको उपस्थिति रहेको थियो । बैठकले जेठ २५ र ३० को प्रहरी दमनको समेत विरोध गरेको थियो । बैठकले बंगला भाषाअनिवार्य नभई ऐच्छिक मात्र बनाउने विश्वासिलो आधार बनाउन समेत दवाव दिने निर्णय गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

गोर्खा जनमुक्ति मोर्चाको आव्हानमा सुरु भएको आन्दोलनका कारण सरकारी र निजी साइनर्बोड पनि नेपालीमा लेख्ने लगायतका आन्दोलन सुरु गरेपछि बंगाल सरकारले आन्दोलनविरुद्ध कडा कदम चालेको छ । मोर्चा अध्यक्ष विमल गुरुङले पहाडदेखि तराई डुवर्ससम्मका साइनर्बोड नेपालीमा लेखिने जनाउनुभएको छ।

यस अघि मोर्चाले आन्दोलनका क्रममा स्कुल, कलेज, बजार र यातायात बन्दन हुने जनाएको थियो । शनिबार दार्जीलिङमा सम्पन्न मोर्चाको केन्द्रिय समिति बैठकले प्रत्येक सोमबार र बिहीबार बैंक खुल्ने, बिहीबार र शुक्रबार जनता सडकमा आएर गोर्खा ल्याण्डका लागि प्रदर्शन गर्ने निर्णय गरेको थियो । बंगाल भाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब एक सय बर्ष पुरानो नेपाली भाषा र जातीको मुक्ति आन्दोलनमा अतिक्रमण भएको भन्दै गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन सुरु गरेको हो ।

मोर्चाले मुख्यमन्त्री ममता व्यनर्जी नेतृत्वको राज्य सरकारले नेपाली भाषामाथि अतिक्रमणको विरोधमा गोरखा जनमुक्ति मोर्चाद्वारा शुक्रबार दार्जीलीङ बन्द गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.