राज्यद्रोहीलाई मृत्युदण्ड दिनुपर्छ : टर्कीस् राष्ट्रपति

राज्यद्रोहीलाई मृत्युदण्ड दिनुपर्छ : टर्कीस् राष्ट्रपति

इस्तानबुल : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मृत्युदण्डको कानुनको पक्षमा आफू रहेको रहस्य खोल्नुभएको छ ।

टर्कीमा गतवर्ष सत्ताच्युत गर्न गरिएको असफल राज्य विद्रोह अर्थात् ‘कू’ को एक वर्ष पुगेको अवसरमा शनिबार इस्तानबुलमा आयोजित एक र्‍यालीमा उहाँले सो रहस्योद्घाटन गर्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो र्‍यालीमा उहाँले भन्नुभयो ‘यदि त्यो कानुन संसदले बनाएर मकहाँ आयो भने मैले रोक्दिन, हस्ताक्षर गर्नेछु । म वास्तवमा भन्ने हो भने राज्यद्रोहीहरुलाई मृत्युदण्ड दिनुपर्छ भन्ने पक्षमा छु ।’

उहाँले त्यसो भनिरहँदा त्यहाँ उपस्थित भएका सर्वसाधारणले पनि देशमा कडा कानुनको खाँचो रहेको बताइरहेका थिए । उनीहरुले मृत्युदण्डको कानुनको पक्षमा राष्ट्रपतिको धारणाप्रति स्वागत पनि गरेका थिए ।

सन् २०१६ को जुलाई १५ मा केही रुष्ट सैनिकहरुले सरकारलाई हटाउने प्रयासस्वरुप राष्ट्रपतिको विरुद्धमा भन्दै विद्रोह गरेका थिए । सरकारी भवनहरुमा बमबारी गर्नुका साथै गोली हानी सत्ता परिवर्तनको प्रयास उनीहरुले गरेका थिए ।

उक्त विद्रोहमा परी २६० जनाभन्दा बढीको ज्यान गएको थियो भने करिब दुई हजार २०० जना घाइते भएका थिए । तर ती सैनिकको विद्रोही प्रयास भने असफल हुन पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.