मोदीले छिमेकीसँग हाम्रो सम्बन्ध बिगारिदिए : ममता बनर्जी

मोदीले छिमेकीसँग हाम्रो सम्बन्ध बिगारिदिए : ममता बनर्जी

काठमाडौं : भारतको पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारले नेपाललगायत छिमेकी मुलुकसँग आफ्नो राज्यको सम्बन्ध बिगारिदिएको भन्दै चर्को आलोचना गर्नुभएको छ ।सोमबार भारतीय राष्ट्रपति निर्वाचनमा मतदान गरेर बाहिरिने क्रममा पत्रकारसँग कोलकातामा मुख्यमन्त्री बनर्जीले यसरी मोदीको आलोचना गर्नुभएको हो । ‘पश्चिम बंगालको नेपाल, भुटान र बंगलादेशसँग सीमा जोडिएको छ’, उहाँले भन्नुभयो, ‘मोदीले यी मुलुकसँग सम्बन्ध बिगारेको फल हामीले भोग्नुपरेको छ ।’

उहाँले सिक्किमलाई चीनले नियन्त्रणमा लिए दार्जिलिङले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो । ‘हामीसँग सीमा जोडिएका सबै मुलुकसँग सम्बन्ध बिगार्नुपर्ने आवश्यकता के थियो मोदीलाई ? ’, उहाँले आक्रोशित मुद्रामा भन्नुभयो । ०७२ असोज ३ मा नेपालमा संविधान जारी भएलगत्तै मधेस आन्दोलनको बहानामा मोदी नेतृत्वको सरकारले झन्डै ६ महिना नाकाबन्दी गरेको थियो । त्यसप्रति बनर्जीले विगतमा पनि असन्तुष्टि जनाउनुभएको थियो । उहाँले बंगलादेशसँग मोदी सरकारले सम्बन्ध बिगारेको आरोप पनि लगाउँदै आउनुभएको छ ।

भुटान र चीनले स्वामित्व दाबी गरिरहेको डोक्लम क्षेत्रमा चीनले सडक निर्माण गरेपछि त्यसलाई रोक्न भारतले सेना परिचालन गर्दा द्विपक्षीय तनाव उत्पन्न भएको छ । यही सन्दर्भ कोट्याउँदै बनर्जीको यस्तो भनाइ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डोक्लमबाट पश्चिम बंगाल करिब ९० किलोमिटर दूरीमा पर्छ । ‘दार्जिलिङ र नेपालको सीमा नजिक पर्ने पशुपति गेटमा ४ सय चिनियाँ भाषा पढाइ हुने स्कुल स्थापना गर्दा पनि भारतका खुफिया एजेन्सी ‘र’ र सीमा सशस्त्र सीमा बलले के हेरेर बसेका थिए ? ’, उहाँले प्रतिप्रश्न गर्नुभयो । भारत र चीनबीचको सीमा द्वन्द्वमा बंगाल ‘स्यान्ड विच’ बनेको उहाँको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.