कांग्रेस नेता निधि अस्पतालमा
काठमाडौं : सोमबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि अस्पताल भर्ना हुनु भएको छ।
नेता निधिलाई हिजो राति ८:३० बजे राजधानीको चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो। उहाँलाई ओम अस्पतालको बेड नम्बर २०४ मा राखिएको छ। उहाँको उपचारमा अस्पतालका डाक्टर राहुल पाठक संलग्न हुनुहुन्छ।
अचानक पेट दुखेर अस्पताल पुर्याइनु भएका निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टरको भनाइ छ। नेता निधिको भोलि बिहान इन्डोस्कोपी गर्ने डाक्टरले जानकारी गराउनु भएको छ। उपचारमा संलग्न डाक्टरका अनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ।
पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका कांग्रेस नेता निधि मंगलबार बिहान बाढी प्रभावित तराईका जिल्लामा जाने कार्यक्रम रहेको थियो। स्वास्थ्यमा समस्या आएपछि सो कार्यक्रम स्थगित गरिएको छ।