मलाई राष्ट्रियताको पाठ पढाउनुपर्दैन: देउवा

मलाई राष्ट्रियताको पाठ पढाउनुपर्दैन: देउवा

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आन्तरिक विषय र संविधानबारे कुनै पनि सम्झौता हुन नसक्ने स्पष्ट पार्दै राष्ट्रियता, सार्वभौमिकता र अखण्डताप्रति प्रतिबद्ध रहेको बताएका छन्। संसद् बैठकमा सोमबार विशेष समय लिँदै उनले भारत भ्रमण क्रममा आफूले कुनै नाजायज सम्झौता नगरेको बरु बाढी तथा डुबानको समस्या समाधान गर्न स्पष्टसँग कुरा राखेको बताए।

 

संसद् बैठकमा सोमबार विशेष समय लिँदै उनले भारत भ्रमण क्रममा आफूले कुनै नाजायज सम्झौता नगरेको बरु बाढी तथा डुबानको समस्या समाधान गर्न स्पष्टसँग कुरा राखेको बताए। ‘सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि मैले भारतीय समकक्षीसँग प्रस्ट रूपमा कुरा राखेको छु। त्यसको दीर्घकालीन निकासका लागि गठन भएको विज्ञ समूहले एक महिनाभित्रै प्रभावकारी काम गर्नेछ।'

संविधान निर्माण र कार्यान्वयनका विषयमा आफूसँग जोडिएर गरिएको प्रचार र टिप्पणीको कुनै अर्थ नरहेको उनले बताए। ‘नेपालको आन्तरिक विषय र संविधानबारे कुनै पनि सम्झौता हुन सक्दैन। अनावश्यक टिप्पणीको अर्थ रहँदैन', उनले भने।

संविधानप्रति रहेको असन्तुष्टिलाई सम्बोधन गरी यसको सर्वस्वीकार्य बढाउने प्रयास जारी रहेको स्पष्ट पार्दै उनले नेपालको लोकतन्त्र र शान्तिप्रक्रिया विशिष्ट तवरले अगाडि बढिरहेको जानकारी दिए। एमाले अध्यक्ष केपी ओलीले गरेको टिप्पणीप्रति कटाक्ष गर्दै उनले भने, ‘मलाई राष्ट्रियता, सार्वभौमिकता र एकताको विषयमा कसैले पाठ पढाउनुपर्दैन।'

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) एक महिनाभित्र सम्पन्न गर्ने गरी भारतीय समकक्षीसँग कुराकानी भएको जानकारी उनले दिए। ऊर्जा व्यापार सम्झौताको मर्म र भावनाअनुसार नै मुलुकमा ऊर्जा उत्पादनलाई बढावा दिने र प्रसारणलाइन निर्माण गर्ने सन्दर्भमा सहमति भएको देउवाले बताए।

माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता जलविद्युत् आयोजना अगाडि बढाउने सन्दर्भमा समेत महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए। प्रधानमन्त्री देउवाले मेची पुल निर्माण, सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रका विभिन्न विकास आयोजना तथा अन्य ठूला आयोजना, व्यापार विविधिकरणलगायत विषयमा समेत सहमति भएको बताए।

प्रधानमन्त्री देउवाले आर्थिक विकास र नेपालमा लगानीका लागि भारतीय पक्षसँग कुरा गरेको, पर्यटन क्षेत्रको विकास तथा विस्तार, निजगढ विमानस्थल निर्माण तथा नयाँ १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणमा समेत सहमति भएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.