पत्रकारको न्यूनतम पारिश्रमिकमा सम्झौता हुन सक्दैन : अध्यक्ष आचार्य

पत्रकारको न्यूनतम पारिश्रमिकमा सम्झौता हुन सक्दैन : अध्यक्ष आचार्य

काठमाडौं : नेपाल पत्रकार महासंघको प्रतिष्ठान शाखाका अध्यक्ष, उपाध्यक्ष र सचिवसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम बिहीबार सम्पन्न भएको छ। सञ्चारग्रामस्थित महासंघको सभाहलमा भएको कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रतिष्ठान शाखाबाट उपस्थित पादाधिकारीलाई धन्यवाद दिँदै प्रतिष्ठानको सुझाव तथा सल्लाह लिनका निम्ति कार्यक्रम राखिएको बताए।

 

उनले श्रमजीवी पत्रकारको हक हितका निम्ति सूचना विभाग, प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक समिति लगायतका सरकारी निकायको सहकार्यमा अनुगमनमा जाने जानकारी गराए । उनले सरकारी नियम अनुसार पत्रकारको सबभन्दा तल्लो तहको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय रहेको बताए।

अध्यक्ष आचार्यले पत्रकार महासंघको शाखा पत्रकारको हक हितका निम्ति लड्ने संस्थाका रुपमा स्थापना गरिएको हुँदा पत्रकारका जायज मागका लागि केन्द्रको आदेश नपर्खिन आग्रह गर्दै त्यसमा केन्द्रको ऐक्यबद्धता हुने पनि बताएका छन्।

उनले प्रतिष्ठान शाखा उपस्थित पदाधिकारीलाई आफ्नो अधिकार पाउन आफँै लड्नुपर्ने भन्दै जो अन्याय सहेर बस्छ त्यसले कहिल्यै पनि न्याय पाउन नसक्ने धारणा राखे । सञ्चार गृहले पत्रकारलाई ८ घण्टा काममा लगाएर कुनै पनि बहानामा न्यूनतम पारिश्रमिक तथा नियुक्तिपत्रबाट बञ्चित गर्नु नहुने उनको भनाइ छ ।

कार्यक्रममा महासंघका सचिव रामप्रसाद दाहालले न्यूनतम पारिश्रमिक लगायत श्रमजीवी पत्रकारको सेवा–सर्त र सुविधाको विषयमा कुनै पनि हालतमा सम्झौता हुन नसक्ने बताए।

सहभागी विभिन्न प्रतिष्ठान शाखाका पदाधिकारीले महासंघले न्यूनतम पारिश्रमिकका मुद्दामा मात्रै ध्यान नदिइ पत्रकारको सेवा सुरक्षा एंव क्षमता अभिवृदिका लागि समेत आवाज उठाउनु पार्ने सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.