कांग्रसको दबाबमा लहानका निर्वाचन अधिकृत र डीएसपी हटाइयो

कांग्रसको दबाबमा लहानका निर्वाचन अधिकृत र डीएसपी हटाइयो

सिरहा: सिरहाको लहान नगरपालिकाको निर्वाचन अधिकृत नारायण थापा र मतगणना स्थलको सुरक्षाको जिम्मेदवारी सम्हालेका डिएसपी हिराबहादुर पाण्डेलाई हटाएको छ।नेपाली काँग्रेसको दबाबमा उनीहरुलाई हटाएको हो। निर्वाचन अधिकृत थापाको ठाउँमा उपसचिव प्रेमप्रसाद लुइटेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएर पठाएको छ। डिएसपी पाण्डेको ठाउँमा भने अहिलेसम्म कसैलाई पठाएको छैन्।

 

अहिले सुरक्षाको जिम्मेवारी इन्सपेक्टर खगेन्द्र खड्काले सम्हालेका छन्।हिजो र अस्तीको तुलनामा आज सुरक्षा अवस्था कडा पारिएको छ। लहान ५ को वडाध्यक्षमा नेकपा एमालेका सुलेमान अन्सारी निर्वाचित भएपछि नेपाली काँग्रेसले निर्वाचन अधिकृतको कार्यालयमा सो वडाको पुनः मतगणना गर्नुपर्ने भन्दै उजुरी हालेका थिए।

केहीबेर उक्त वडाको मतपरिणाम सार्वजनिक गरिएन्।त्यसपछि एमाले कार्यकर्ताहरु आफ्ना प्रतिनिधिहरुलाई मतगणना स्थलबाट बाहिर गर्नुका साथै आयोग विरुद्ध प्रदर्शन गरे।

जसका कारण मतगणना करिब २ घण्टा अवरुद्ध भयो।मतगणना अवरुद्ध भएपछि निर्वाचन आयोगले मतगणनामा त्रुटी भएको छैन् भने मतपरिणाम सार्वजनिक गर्न निर्वाचन अधिकृतको कार्यालय लहानलाई निर्देशन दियो।

सोही निर्देशन अनुसार मतपरिणाम सार्वजनिक गरेपछि काँग्रेस कार्यकर्ताहरु आन्दोलनमा उत्रेका थिए। काँग्रेसका नेता तथा कार्यकर्ताहरु निर्वाचन अधिकृत र डिएसपी पाण्डेलाई हटाउन माग गरेका थिए।

एक सुरक्षा अधिकारीले भने, 'लहानमा एमालेका मेयर उम्मेदवार मुनी साह धेरै मतले अग्रता लिएपछि काँग्रेस र फोरमका नेता तथा कार्यकर्ताहरु लफडा गर्न चाहन्छन्। सोही कारण सुरक्षा अवस्था कडा पारिएको छ।'

ताजा मतपरिणाम अनुसार लहानमा एमालेका मेयर उम्मेदवार साह २६९२ मत ल्याएर अग्रस्थानमा छन्। काँग्रेसका अचमितलाल चौधरी १८७७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।अहिले वडा नम्बर ४, ९, ११ र १२ वडाको मतगणना जारी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.