जनकपुरमा राजपाको अग्रता कायमै : १८ स्थानीय तहको यस्तो छ अवस्था

जनकपुरमा राजपाको अग्रता कायमै : १८ स्थानीय तहको यस्तो छ अवस्था

जनकपुरधाम : निकै सुस्त गतिमा भइरहेको धनुषा जिल्लाको मतगणनाको परिणाम विस्तारै आउन थालेको छ। १८ वटा स्थानीय तहमा एउटा नगरपालिकामा राजपा नेपालले मेयर र उपमेयरमा जित हासिल गरेको छ भने अरु स्थानीय तहको मतगणना कार्य जारी छ।

जिल्लाको हंसपुर नगरपालिकामा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमयेरमा विजयी भएका छन्। जनकपुर उपमहानगरपालिकामा राजपा नेपालले प्रारम्भिक मतगणनामा लिएको अग्रता कायम नै रहेको छ।

 

राजपा मेयर पदमा ४६८९ र नेपाली कांग्रेस १९५६ मत प्राप्त गरी प्रतिस्पर्धामा रहेको छ। क्षिरेश्वरनाथ नगरपालिकामा कांग्रेस १७९५ मतका साथ अगाडि छ भने संघिय समाजवादी फोरम १७१७ मतप्राप्त गरी पछ्याइरहेको छ। विदेह नगरपालिकामा माओवादी केन्द्र मेयरमा ९०२ र उपमेयरमा ७६४ मत ल्याएको छ भने एमाले मेयरमा ५७६ र उपेयरमा ७९१ मत ल्याएर पछ्याइरहेको छ।

लक्ष्मीनिया गाउँपालिकामा संघीय समाजवादी फोरमको मत बढ्दै छ। मेयर पदमा फोरम उम्मेदवार प्रथम स्थानमा छन् भने एमाले दोस्रो स्थानमा छ। सबैला नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ। माओवादी केन्द्रका मेयर पदका उम्मेदवार तेजनारायण यादव १४३४ मतसहित अगाडि छन् भने एमालेका राजकिशोर यादव ७७६ मत ल्याई प्रतिस्पर्धामा छन्। सो नगरपालिकाको वडा नम्बर एकमा कपिल राउत, दुईमा पारश साह र ३ मा सन्तोष साहले चुनाव जितिसकेका छन्।

जनकनन्दनी गाउँपालिकामा फोरम नेपालकै अग्रता छ। फोरम नेपाल २०१६ मत ल्याई अघि छ भने कांग्रेस १५६७ मत ल्याई पछ्याउंदै छ। कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको गृहगाउँ नगराईन नगरपालिकामा मेयरमा कांग्रेस १३३३ र एमाले ९४७ मतसहित प्रतिस्पर्धामा छन्।

गणेशमान चारनाथ नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका कैलाश मल्लले अग्रता लिइरहेका छन्। उनलाई संघीय समाजवादी फोरमका रामबाबु यादवले पछ्याइराखेका छन्।

हालसम्मको मत परिणाम अनुसार एक नगरपालिकामा राजपाको विजयसहित धनुषाका नेपाली कांग्रेस ५ वटा स्थानीय तहमा अघि रहेको छ भने संघीय समाजवादी फोरम नेपालले ५ वटा स्थानीय तहमा, नेकपा एमाले ३, माओवादी केन्द्र २ र राजपाले २ स्थानीय तहमा अग्रता लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.