नेपाल-बंगलादेश संयन्त्र बैठक ढाकामा

नेपाल-बंगलादेश संयन्त्र बैठक ढाकामा

काठमाडौ: नेपाल र बंगलादेशबीच बिदेश मन्त्रालयस्तरीय परामर्श बैठक ढाकामा सम्पन्न भएको छ। परराष्ट्र सचिव शंकर दास बैरागी र उनका बंगलादेशी समकक्षी सहिदुल हकले बैठकमा आफ्ना पक्षको नेतृत्व गरेका थिए।

नेपाल र बंगलादेशबीच उच्चस्तरीय भ्रमण आदान—प्रदान गर्ने तथा द्विपक्षिय संयन्त्रलाई क्रियाशील गराउँदै दुई मुकुकबीचको संबन्ध सुदृढ गर्ने बिषयमा बैठकमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमा जनाएको छ।

दुई मुलुकबीचको ब्यापार, पारवहन, कनेक्टिभिटी, लगानी, शिक्षा, उर्जा, पर्यटन र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा जारी सहकार्यको अवस्थाबारे छलफल भएको दूतावासले जनाएको छ। भेटमा म्यानमार र बंगलादेशले भोगिरहेको रोहिंगा समस्याबारे पनि छलफल भएको थियो। नेपाल र बंगलादेशबीचको बिदेशमन्त्रालय स्तरीय परामर्श बैठकमा भाग लिन सचिव बैरागी ढाका गएका हुन्।

सचिव बैरागीले बंगलादेशका बिदेशमन्त्री अब्दुल हसन मोहम्मद अलिसँग आइतबार भेटवार्ता गरेका छन्। भेटमा दुई मुलुक बीचको ब्यापार, कनेक्टिभीटि, लगानी, यातायात, उर्जा, र शिक्षा क्षेत्रको सहकार्य लगायतका बिषयमा छलफल भएको दूतावासले जनाएको छ। बैरागीले त्यहाँका यातायात मन्त्रालयका सचिव एम.ए.एन सिद्दीकीसंग भेटी दुई मुलुकबीच याताया सम्पर्क बढाउने बिषयमा छलफल गरे।

बंगलादेश, भुटान, भारत र नेपालले स्थापना गरेको उपक्षेत्रीय संगठन (बिबिआइएन) अन्र्तगतको मोटर भेहिकल सम्झौता कार्यान्वयनबारे पनि बैठकमा छलफल भएको थियो। क्षेत्रीय संगठन सार्क र बिमस्टेकका शिखर सम्मेलनका बिषयमा बंगलादेशमा भएका भेटमा छलफल भएको थियो। उक्त संयन्त्र सन् २०१२ मा स्थापना भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.