अमेरिकी कोरियाली परमाणुसम्बन्धी उच्च अधिकारी भेट

अमेरिकी कोरियाली परमाणुसम्बन्धी उच्च अधिकारी भेट

सोल: संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका परमाणुसम्बन्धी उच्च अधिकारीहरु दक्षिण कोरियाको सोलमा शुक्रबार भेटवार्ता गरेका छन्। यी दुई देशका सैनिकले गत सोमाबारदेखि राजधानी सोलमा जारी राखेको संयुक्त सैन्य अभ्यासकै क्रममा उनीहरुबीच भेटवार्ता भएको छ। यो भेटवार्तासँगै पछिल्लो समयमा उत्तर कोरियाको आणविक कार्यक्रमका विषयमा अमेरिका र दक्षिण कोरियाले छलफल एवम् अन्य आन्तरिक क्रियाकलापहरु बढाएको चर्चा पनि गरिएको छ।

दक्षिण कोरियाको राजधानी सोलमा हाल जारी रहेको सैन्य अभ्यासको उत्तर कोरियाले व्यापक मात्रामा विरोध गरेको थियो। उक्त बिरोधकै बीच अमेरिकी र दक्षिण कोरियाली आणविक अधिकारीहरुको यस भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

यी दुई देशले गएको सोमबारदेखि उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्।यसको उत्तरले पनि विशेष मात्रामा निगारी गरिरहेको बताइएको छ।अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यस सैन्य अभ्यासले आफ्नो देशलाईे सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ।

उत्तर कोरियाको आणविक कार्यक्रमका साथै उसले पछिल्लो समयमा गरेको क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीपमा उत्पन्न गरेको तनावपछिको अवस्थाको बारेमा ती उच्च अधिकारीहरुबीच वार्ता भएको बताइएको छ।

उत्तर कोरियाले दुई महिनामात्र अघि गरेको आणविक परीक्षणले विश्वमा नै तरङ्ग ल्याएको छ।सो परीक्षणमा शक्तिशाली हाइड्रोजन बम पनि परेकोले विश्वले नै यसको विरोध गरेका छन्।

सो परीक्षणपछि अमेरिका र दक्षिण कोरियाको मनमा पनि चिसो पसेको छ।जसका कराण उक्त सैन्य अभ्यास उत्तर सुरु भएको पनि बताइएको छ।उता यस अभ्यासले आफ्नो देशलाई चुनौती दिन खोजेको अर्थमा उत्तर कोरियाले लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.