'मधेसी जनताको पहिचान र अधिकारको पक्षमा छौ'

 'मधेसी जनताको पहिचान र अधिकारको पक्षमा छौ'

काठमाडौं: माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको पहिचान र अधिकारका निम्ति आफ्नो पार्टी सबैभन्दा ठूलो लडाईं लडेको बताएका छन्। मंगलबार अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सुरेशचन्द्र दाससहित नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम र चुरेभावर राष्ट्रिय पार्टीका नेताहरुलाई प्रवेश गराउँदै यस्तो बताएका हुन।

 

उनले भने, 'मधेसी जनताको पहिचान र अधिकारका निम्ति आफ्नो पार्टी सबैभन्दा ठूलो लडाईं लडेको छु।झन्डै दुई हप्ता स्थानीय तहको निर्वाच्नको समयमा तराईं मधेसका धेरै गाउँमा घुम्ने मौका पाए। स्थानीय तहमा मेहनत गरेको भए एक नम्बर पार्टी बन्थ्यौँ।'

उनले तराई-मधेसभरी नै तपाईंहरुको प्रवेशले बाम गठबन्धनमा लहर आउने दाबी गरे। उनले भने, 'वाम तालमेलले गर्दा माओवादी पार्टीले मधेसको मुद्दा बिर्सिन्छ भनेका छन् तर म के अपिल गर्छु भने माओवादी पार्टीले कदापि मधेसको मुद्दामा गलत ढंगले सम्झौता गर्ने छैन।'

अध्यक्ष दाहालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको घडीमा जनपक्षीय उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्व आएको बताउँदै मधेसको मुद्दालाई थप सशक्त बनाउन जरुरी रहेको बताए।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको क्रममा आफूले तराई मधेसका विभिन्न स्थानमा सहभागी भएको र जनताको भावनालाई बुझने मौका पाएको स्मरण गर्दै उनले आगामी निर्वाचनमा विजय हासिल गर्न प्रतिवद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि एक हजार ३०० बढी मधेसी नेता तथा कार्यकर्ताले बलिदान गरेको स्मरण गर्दै अधिकार प्राप्तिको संघर्षमा आफू निरन्तर लागिपर्ने स्पष्ट पारे।

कार्यक्रममा राजपा सिराहाका अध्यक्ष दिनेशराय यादव र सो पार्टीसंग आवद्ध सुरेश राय, राजकुमार राय, तेजनारायण राय, नरेश राय, सुरेन्द्र महत्तो, नागेन्द्र रायलगायत ३० जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.