बर्दियामा वाम र लोकतान्त्रिकको उल्लासपूर्ण उम्‍मेदवारी दर्ता

बर्दियामा वाम र लोकतान्त्रिकको उल्लासपूर्ण उम्‍मेदवारी दर्ता

बर्दिया: बर्दियामा वाम तथा लोकतान्त्रिक गठवन्धन मार्फत चार ठूला नेताहरुले उम्मेद्वारी दर्ता गराएका छन्। मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि एकल तथा विभिन्न गठवन्धन मार्फत वाजागाजा सहित उत्लासपूर्ण तरिकाले मनोनयन दर्ता गराएका हुन्। लोकतान्त्रिक गठवन्धन, वाम गठवन्धन लगायत नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नयाँशक्ति पार्टी, राप्रपा, दलित पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेकपा क्रान्तिकारी माओवादी र स्वतन्त्रले उम्मेद्वारी दर्ता गरेका छन्।

बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्वर १ को सदस्य पदका लागि वाम गठवन्धनका तर्फबाट नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उम्मेद्वारी दिएका छन्। लोकतान्त्रिक गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका बर्दिया जिल्ला सभापति एवम सिँचाई मन्त्री संजयकुमार गौतमले उम्मेद्वारी दर्ता गराएका छन्।

त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट हरिलाल न्यौपाने, राष्ट्रिय जनमोर्चाबाट लोक बहादुर राना, नयाँशक्ति पार्टीबाट केशव पौडेल र स्वतन्त्रबाट रामसुरत अहिरले मनोनयन दर्ता गराएका हुन्।

प्रतिनिधि सभा क्षेत्र नम्बर-१ अन्र्तगत प्रदेशसभा क्षेत्र नम्वर १ बाट नेपाली काँग्रेसका सोदे विष्ट वाम गठवन्धनबाट कविराम थारु, नयाँशक्ति पार्टीबाट आनन्द ढुँगाना, राष्ट्रिय जनमोर्चाबाट तोयानाथ अधिकारी र स्वतन्त्रबाट विश्वेश्वर यादवले उम्मेद्वारी दिएका छन्।

प्रदेशसभा अन्र्तगत क्षेत्र नम्वर २ बाट नेपाली काँग्रेसका मंगल थारु, वामगठवन्धनबाट माओवादी केन्द्रका तिलक शर्मा, नेपाल मजदुर किसान पार्टीका विनोद बहादुर वली, राष्ट्रिय जनमोर्चाका नुमलाल रेग्मी, नयाँशक्ति पार्टीबाट हसिम अलि मनिहारले उम्मेद्वारी दर्ता गराएका छन्।

बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्वर २ को सदस्य पदका लागि नेपाली काँग्रेसबाट गोपाल दहित, वामगठवन्दनबाट माओवादी केन्द्रका सन्तकुमार थारु, राष्ट्रिय जनमोर्चाबाट रतन राउत, नेपाल मजदुर किसान पार्टी चोलाराम चौधरी, नयाँशक्ति पार्टीबाट मोहनलाल थारुले उम्मेद्वारी दर्ता गराएका छन्।

प्रतिनिधिसभा क्षेत्र नम्वर २ अन्र्तगत प्रदेशसभा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका रामचन्द्र थापा, वामगठवन्धनका कुलप्रसाद पोखरेल, नयाँशक्ति पार्टीका विश्वनाथ पाण्डे, नेपाल मजदुर किसान पार्टीबाट पवित्रा शाही, राष्ट्रिय जनमोर्चाबाट धनराम जैसी आचार्यले उम्मेद्वारी दर्ता गराएका छन्।

प्रदेशसभा क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसबाट नाचुराम थारु, वामगठवन्धनबाट दिपेश थारु, नयाँशक्ती पार्टीबाट चनक बहादुर थारु, राष्ट्रिय जनमोर्चाबाट शिव उपाध्यायले उम्मेद्वारी दर्ता गराएका छन्।

बर्दियामा वाजागाजा सहित शान्तिपूर्ण रुपमा मनोनयन दर्ता गराईएको छ। दलहरुले राधाकृष्ण चोक हुँदै वजार परिक्रमा गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन्। नेपाली काँग्रेसले मनोनयन पश्चात आमसभा आयोजना गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.