नव प्रवेशीलाई कांग्रेसले पत्याए
मलंगवा: नेपाली काँग्रेसले भर्खरै पार्टीमा प्रबेश गरेका नव प्रबेशीहरुलाई टिकट दिएर चुनावी मैदानमा उत्रेका छन्। विभिन्न पार्टी परित्याग गरि आएकाहरुलाई अग्र स्थानमा राखी टिकट वितरण गरेका छन्। बुधवार अबेरराती सम्म भएको छलफलले सर्लाहीको उम्मेदवारहरुको नाम टुंगो लागेको नेपाली काँग्रेसका सर्लाही सभापति नागेन्द्र कुमार रायले बताए।
सर्लाही क्षेत्र नं.१ बाट शम्भुलाल श्रेष्ठलाई टिकट दिइएको छ। श्रेष्ठ केही दिन अगाडी मात्र माओवादी केन्द्र परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेका थिए। त्यसैगरी क्षेत्र नं.२ बाट राजपा परित्याग गरि नेपाली काँग्रेसमा छिरेका जंगीलाल रायलाई उम्मेदवार बनाइएको छ। राय राजपाका महामन्त्री थिए। क्षेत्र नं. ३ बाट हरेश महतो र क्षेत्र ४ बाट अमरेश कुमार सिंहलाई टिकट दिइएको सभापति रायले बताए।
श्रेष्ठ र राय नवप्रबेश हुन् भने सिंह महतो पुराना काँग्रेसी हुन्।प्रदेश सभामा क्षेत्र नं. १ को (क) बाट शेख सहदुल्ला (ख)बाट मनोज सिंह चौधरीलाई टिकट दिएको छ। क्षेत्र नं. २ को (क) बाट विनोद साह (ख) बाट नागेन्द्र प्रसाद यादवलाई टिकट दिएको छ।क्षेत्र नं. ३ को (क) बाट कपिलमुनी मैनाली र (ख) बाट कृष्णदेव यादवलाई टिकट दिएको छ।क्षेत्र नं. को (क) बाट बिरेन्द्र कुमार सिंह र (ख) बाट उपेन्द्र कुशवाहालाई टिकट दिएको छ।
नागेन्द्र प्रसाद यादव स्थानिय तहको चुनावमा मलंगवा नगरपालिकाबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए। त्यसैगरि कृष्णदेव यादव संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य थिए।