विवादित सुनिल शर्मादेखि पूर्वराजाका मन्त्रीसम्म उम्मेदवार

विवादित सुनिल शर्मादेखि पूर्वराजाका मन्त्रीसम्म उम्मेदवार

विराटनगर : आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि मोरङमा विवादित डाक्टर सुनिल शर्मादेखि राजा ज्ञानेन्द्रको मन्त्रीमण्डलका पूर्वमन्त्री बद्रीप्रसाद मण्डलसम्मले उम्मेदवारी दर्ता गराएका छन्। बागी उम्मेदवार दिन पुगेका काँग्रेस संस्थापक वीपी कोइरालाका नाती सिद्धार्थ कोइराला भने कागजात नभएर फर्कनु परेको छ।

 

विवादास्पद छविका सुनिल शर्माले काँग्रेसबाट टिकट पाई मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्। शर्मा नोबेल मेडिकल कलेजका सञ्चालक हुन्। अपरान्ह शर्मा बाजागाजासहितको जुलुस लिएर मनोनयन दर्ता गर्न पुगेका थिए।

उनीमाथि नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोप छ। नेपाल प्रहरीले नक्कली डाक्टरविरुद्ध अभियान चलाउँदा उनी फरार भएका थिए। शर्मा काँग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालासँग नजिक मानिन्छन्। शर्माले टिकट पाउने भएपछि आफ्नो निर्वाचन क्षेत्रका स्थानीयलाई दिनहुँ बसमा राखेर स्वास्थ्य उपचार गर्ने भन्दै विराटनगर ल्याउने गरेका छन्।

स्थानीयको स्वास्थ्य बिमा गरिदिने र आफ्नो क्षेत्रको विकास गर्ने उनले बताउँदै आएका छन्। शर्मा भन्छन्,‘मेरा नातागोता र स्थानीयको मतकै आधारमा विजयी हुन्छु भन्ने विश्वास छ।' उम्मेदवार बनेपछि ‘देखावटी रुपमा' शर्माले नोबेल मेडिकल कलेजबाट राजिनामा दिएको चर्चा चलाएका छन्।

राजा ज्ञानेन्द्रको शासनकालका मन्त्री बद्रीप्रसाद मण्डलले पनि मोरङ ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय जनशक्ति पार्टी (राजपा) बाट उनी उम्मेदवार बनेका हुन्। जुलुससहित मण्डल उम्मेदवारी दर्ता गर्न क्षेत्रीय हुलाक कार्यायमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। मण्डलले भने,‘मेरो उम्मेदवारी मधेशी जनताको पक्षमा हो।' गणतन्त्र स्थापनापछि राजनीतिमा निकै कम सक्रिय भएका मण्डल एकाएक उम्मेदवार बनेर मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

सुनसरीको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख' मा काँग्रेसका संस्थापक वीपी कोइरालाका नाति सिद्धार्थ कोइरालाले काँग्रेस जिल्ला सभापति राजीव कोइराला विरुद्ध बागी उमेद्वारी दिन गएका थिए। दिउँसो पत्रकारमाँझ उनले आफू बागी उम्मेदवार बन्न आएको बताए। ‘मलाई यो सिस्टम मन परेन त्यसैले बागी उम्मेदवार दिन आएको' भन्दै उनी इनरुवाको जिल्ला समन्वय समितिमा रहेको मनोनयन दर्तास्थल प्रवेश गरेका थिए। ‘तर मोरङमा उनको मतदाता नामावली भएकोले उम्मेदवार बन्न नपाइने' निर्वाचन अधिकृतले जानकारी दिएपछि सिद्धार्थ बागी उम्मेदवार बन्न पाएनन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.