कांग्रेसलाई वाम गठबन्धनले असर गर्दैन : महत

कांग्रेसलाई वाम गठबन्धनले असर गर्दैन : महत

नुवाकोट : नेपाली कांग्रेसका नेता, पूर्वअर्थमन्त्री नुवाकोट प्रतिनिधिसभा १ का उमेदवार डा.रामशरण महतले जस्तोसुकै गठबन्धन बनाए पनि आफूलाई कुनै फरक नपर्ने बताएका छन्। नुवाकोटको चौघडामा शिक्षक संघको स्थानीय अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस नेता महतले कम्युनिजम मृत दर्शनको रुपमा मात्र रहेको बताउँदै संसारबाट अवशान भइसकेको दर्शनलाई मूल दर्शन मानेर बनाइएको गठवन्धन लोकतन्त्रका लागि खतरा हुन सक्ने दाबी गरे।

 

नेपाली जनताको लामो संघर्षबाट स्थापित लोकतान्त्रिक मान्यता समाप्त पार्ने र आफ्नो सत्ता स्वार्थ पूरा गर्ने कुत्सित नियतका साथ वाम गठबन्धन भएको बताउँदै नेता महतले नेपालमा साम्यवादी हावा मडारिन नदिन सबै लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प नरहेको समेत बताए।

त्यसक्रममा कांग्रेसका प्रभावशाली नेता महतले नुवाकोटको समग्र विकासमा कम्युनिष्टको कुनै योगदान नरहेकाले आगामी निर्वाचनमा पनि नुवाकोटको विकासको सारथी नेपाली कांग्रेसले सबै क्षेत्रमा गर्विलो जित हासिल गर्ने बताए।

‘विपक्षीहरु अझै पनि कांग्रेस भित्र विवाद भए जितिएला भन्ने मृगतृष्णा पालिरहेका छन्। तर, नुवाकोटको कांग्रेस सम्पूर्णरुपमा एकताबद्ध रहेकाले उनीहरुको सपना सपनामै सीमित हुनेछ’, नेता महतको थप भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.